एक दशकअघि ट्र्याक खोलिएको बेनी-बरङ्जा सडकको स्तरोन्नति

पोखरा न्यूज – २४, भदौ । म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोडेने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ ।

एक दशकअघि विसं २०६३ मा ‘ट्र्याक’ मात्रै खोलिएको सडकलाई भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीले रु ४८ लाख ५० हजार विनियोजन गरेपनि बजेट अभावका कारण स्थानीय जनसहभागिताबाट रु ४ लाख ९५ हजार गरी कूल ५३ लाखको लागतमा सडक फराकिलो बनाउने, जमीनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ‘ट्र्याक’ खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

उनका अनुसार सडक खण्ड अन्तर्गत नयाँ पुलमा एक सय मिटर, बाहुनडाँडामा ६ सय ५० मिटर र थामडाँडामा एक सय मिटर नयाँ ट्र्याक खोलिएको छ ।

सडक स्तरोन्नतिको स्थलगत अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले सचेत उपभोक्ताको सक्रियतामा कम लागतमा धेरै काम भएको प्रतिक्रिया दिए ।

सडकको मापदण्डअनुसार नै निर्माण भएको यस सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा सावित हुने स्थानीयवासीले बताएका छन् ।

बेनी नगरपालिका– २ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म जोड्ने सडकको रुपमा यस सडकलाई विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button