डिजेल र पेट्रोलको मूल्य घट्यो

पोखरा न्यूज – २४, भदौ । नेपाल आयल निगमले डिजेल÷मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १ सय ७ रुपैयाँ कायम भएको छ ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button