पोखरा स्टुडिएम निर्माणमा प्रदेश सरकारको चासो !

दीननाथ बराल, पोखरा न्यूज- २४, भदौ । पोखरामा हाल निर्माण हुदै गरेको अन्तराष्ट्रिय फुटवल स्टुडिएममा प्रदेश सरकारले चासो दिएको छ । गण्डकी प्रदेश सरकार प्रमुख सचिव हरी प्रसाद बस्यालले मंगलबार निर्माण हुदै गरेको पोखरा स्टुडिएमको अवलोकन गर्दै निर्माण कम्पनिलाई निर्धारित मितिमा उक्त फुटवल मैदान सहितको स्टुडिएम निर्माण गर्न आग्रह गरेका हुन्।

निर्माण कम्पनीले के कसरी काम गरेको छ सोको बारेमा आफुहरुले सम्पूर्ण जानकारी लिएको बताउदै प्रमुख सचिव बस्यालले निर्माण कम्पनीले भारतबाट ल्याउने कुनै पनि निर्माण सामाग्रि भन्सारमा रोकिन नहुने जनाए । उनले भने “ साग पोखरामा हुनु प्रदेश सरकारको पनि यसमा इज्जतसंग जोडिएको बिषय हो, यसलाई हामीले सम्पन्न गर्न हाम्रो पनि भुमिका रहन्छ, विरगन्ज, कोलकोक्ता लगायतका नाकामा निर्माण सामाग्रि ल्याउदा पर्ने कठिनायीमा हामीले गर्न सकेसम्म सहयोग गर्ने छौं । ” उक्त योजना समयमै सम्पन्न गर्नको लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा समेत कुनै समन्वय गर्न परेमा आफुहरु तयार रहेको समेत प्रमुख सचिव बस्यालले जनाए । पोखरा स्टुडिएम निर्माण कार्य नसकिने समयसम्म आफुहरुको समय समयमा रेखदेख र अनुगमन गर्ने उनले जनाए ।

प्रदेश सरकारले भ्रमण बर्ष मनाइ रहदा केन्द्र सरकारले सन २०२० मा भ्रमण बर्ष मनाउने हुदा पोखरामा अन्तराष्ट्रिय स्तरका खेलपूर्वाधार निर्माण हुनुले यहाँको खेल पर्यटनको समेत विकास हुने प्रमुख सचिव बस्यालले बताए । पोखरामा अन्तराष्ट्रिय खेलकुदका पूर्वाधार वन्नु नै यहाँको आर्थिक विकास र समृद्धि हासिल गर्न थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । भारतको ग्रेट स्र्पोट्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा पोखरा स्टुडिएम निमार्ण गर्न लागेको हो । एक अर्ब २८ करोडको लागतमा १८ हजार ५ सय दर्शक क्षेमताको फुटवल प्यारापिट निर्माण हुने भएको हो । निर्माण कम्पनिका प्रोजेक्ट म्यानेजर दीपक बरालले पोखरा स्टुडिएम निर्माणको हालसम्म ४० प्रतिशत भन्दा बढी काम सकिएको दाबी गरे ।

पोखरा फुटवल मैदानको लागि हाल गिटी बिच्छाएसंगै रोलिङ गरी अब माटो विच्छाउने काम अन्तिम चरणमा पुगेको उनले बताए । भारतको कोलकोक्तामा हाल पानी परेकोले केही दिन पछि कोलकोक्ताबाट दुवो पोखरा ल्याउने भएको उनले जनाए । हाल दैनिक जसो एक सय ४० जनाले उक्त प्रोजेक्टमा काम गरेको उनले जनाए । काम विभाजित गरी कार्तिक १५ भित्र सम्ने गरी उक्त योजना अघि बढाएको उनले जनाए । दशैं अघि नै दुवो रोप्ने ट्याक र डि एरियामा पिच समेत गरिने भएको उननले जनाए ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले पोखरामा फुटवल स्टुडिएम समयमै निर्माण हुनु पर्नेमा बिषेश चासो दिएकोेले पोखरामा हाल तिव्र गतिमा स्टुडिएम निर्माणको काम भएको राखेप सदस्य राजेश कुमार गुरुङले बताए । पोखरामा प्याराग्लाइडिङ, ट्रायथलन, भारतोलन, आर्चरी, ह्याण्डवल, बिच भलिवल, महिला फुटवल गरी ७ खेल हुने भएको राखेप सदस्य गुरुङले बताए । पोखरामा हुने उक्त खेलहरु संचालनको लागि आवश्यक पूर्वाधार निर्माणमा आफु सहितको टोली लागि रहेको उनले जनाए । केही योजनाहरु टेण्डर प्रकृयाबाट जानदा ढिलो काम हुने हुदा अब फाष्ट्याकबाट उपभोक्ता समिति मार्फत केही काम गर्नुपर्ने उनको भनाई छ । १३ औं साग आउदो मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button