कास्कीमा बजार अनुगमन प्रभावकारी बनाउछौ – प्रजिअ केसी

दीननाथ बराल, पोखरा न्यूज- २४, भदौ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश के.सी. ले बजार अनुगमनलाई प्रभावकारी बनाउने बताएकाछन्।

विराटनगरबाट हालै कास्कीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी केसीले कास्कीका पत्रकारसँग  सोमबार भेटघाट गर्दै नेपालीहरुको महान पर्व विजया दशमी लगायतका चार्डहरु नजिकीदै गर्दा बजारमा अनियमितता हुने सम्भावना भएकोले बजार अनुगमनलाई प्रभावकारी बनाउने बताएका हुन्।

बजार अनुगमन गर्दा स्थानिय सरकार पोखरा महानगरपालिका, प्रदेश सरकारसंगको सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी ढंगबाट अघि बढाउने योजना भएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । उनले भने “स्थानिय तहको प्रमुखको संयोजकत्वमा बजार अनुगमन बनाउने नियम आए पनि कानुन कार्यान्वयन गराउने हाम्रो निकाय भएको हुनाले बजार अनुगमनलाई सवै निकायसंगको सहकार्यमा प्रभावकारी बनाइन्छ ।”

कास्कीको शान्ति सुरक्षा कायम गर्न आफ्नो तर्फबाट सक्दो लाग्ने उनले जनाए । पोखरामा चौबिसै घण्टा खुल्ला गर्ने बिषयमा सरोकारवाला निकायसंगको छलफल पछि के गर्न सकिन्छ त्यस बिषयमा निर्कोल गर्ने सिडिओ के.सी.ले बताए । स्थानिय र प्रदेश सरकारको कार्यक्रम कान्वयन गराउन पनि आफुहरुले आवश्यक शान्ति सुरक्षा दिन तयार रहेको उनले जनाए ।

कास्कीका प्रहरी प्रमुख एस.पी. दानबहादुर कार्कीले पर्यटकहरुको नाममा कसैले बेहोस हुने गरी मादक पदार्थ खुलाएमा, होटलमा बस्ने पर्यटकहरुको अध्यावधिक नगरेमा, पर्यटकलाई दुःख दिएमा, पर्यटकलाई तानातान गरेमा उनीहरु उपर कारवाही गर्ने चेतावनी दिएकाछन्।

पोखरामा चौबिसै घण्टा खुल्ला गर्ने बिषयमा शान्ति सुरक्षाको बिषय भन्दा व्यवसायीहरुले व्यवसायिक मर्यादामा आवश्यक मापदण्ड पुरा गरी व्यवसाय संचालन गर्नुपर्ने एस.पी. कार्कीको भनाई थियो । उनले भने “ पर्यटकहरुलाई रातिको समयमा हिडडुल गर्न आवश्यक ठाउँहरुमा सीसी क्यामरा सहितको सोलार एवं बत्तीको ब्याबस्था गर्नुपर्यो, महिला तथा पुरुष सुरक्षाकर्मी राख्नुहोस, रातिको समयमा ध्वनी प्रदुषणलाई न्यूनिकरण गर्न साउण्ड प्रुफको ब्यबस्था गर्नुपर्यो । ”

पत्रकार ओम हमाललाई सर्बोच्च अदालतले रिहागर्न आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गर्नु पत्रकार माथि ठाडो हस्तक्षेप भएको पत्रकारले गुनासो गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button