पोखरामा एचपीको कर्पोरेट तथा रिटेल मिटमा दशैँ तिहार उपहार योजना सार्वजनिक

पोखरा न्यूज – २७, भदौ । एचपीले नेपालीहरुका दुई ठुला चाड दशैँ र तिहारलाई लक्षित गर्दै हात खाली नहुने उपहार योजना सार्वजनिक गरेको छ ।

एचपी ब्राण्डको नेपालको लागि आधिकारीक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले चाडपर्वको अवसरमा हात खाली नहुने स्क्र्याच कुपन ल्याएको पोखरामा आयोजित पोखरा कर्पोरेट तथा रिटेल मिटमा कम्पनीका निर्देशक राजेश भिमसरियाले जानकारी दिए । उनका अनुसार यो योजना यही भदौं २९ देखि कार्तिक २४ गतेसम्म लागुहुने भएको छ । उक्त योजनामा स्कुटर, ल्यापटप, मोवाइल, क्रोकरि सेट, चाँदीका सिक्का, मग, पेन, घडि र माउस लगायतका हात खाली नजाने उपहार राखिएको निर्देशक भिमसरियाले बताए ।

एजपी ब्राण्डका ल्यापटप, कम्पुटर, प्रिन्टर, लगायतका सामानहरुले विश्व बजारमा ठुलो हिस्स ओगटेको बताउदै नेपाल र पोखरामा यसको बजार उतिकै राम्रो रहेको हिमालयन कम्पुटरका संचालक जगन गुरुङले बताए । एजपी ब्राण्डका पोखरा क्षेत्रका बिक्रेताहरुमा हिमालयन कम्पुटर, पाण्डे कम्पुटर र कस्मिक कम्पुटर रहेको प्रालिका निर्देशक निकिता भिमसरियाले बताइन् ।


कार्यक्रममा एजपी ब्राण्डका दक्षिण पुर्वी एसिया तथा कोरिया क्षेत्रका प्रबन्ध निर्देशक साहिद खाँन र कन्ट्री म्यानेजर इभान वाङले एचपी ब्राण्डको बारेमा चर्चा गर्दै एचपी ले शुलभ मुल्यमा उच्च गुणस्तर र बिशेषता भएका प्रोडक्ट दिदै आएको र बिक्रि पछिको सेवालाई उच्च प्राथमिकता दिएको दाबी गरे ।

एचपी ब्राण्डकै सामानहरु खरिद गर्दा  आम उपभोक्ताहरुले सक्कली ब्राण्ड पहिचान गर्न जेनेक्सको होलोग्राम भएको उत्पादन मात्र खरिद गर्न प्रालिका प्रबन्ध निर्देशक पवन कुमार भिमसरियाले आग्रह गरे ।

कर्पोरेट तथा रिटेल मिटमा अतिथि, डिलर तथा बिक्रेताहरुलाई सम्मान गरिनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button