पोखरामा ५ बर्षमा घरको सङख्यामा २५ प्रतिशतले बृद्धि

दीननाथ बराल,  पोखरा न्यूज – २५, भदौ । पछिल्लो ५ बर्षमा पोखरामा २५ प्रतिशतले घर सङख्यामा बृद्धि भएको छ । पछिल्लो ५ बर्ष २०७१ देखि २०७५/७६ सम्ममा पोखरामा १७ हजार ३३ वटा घरहरु निर्माण भएको पोखरा महानागरपालिकाले जनाएको छ ।

२०६६ देखि २०७०/७१ सम्ममा पोखरामा १२ हजार ७ सय ७० वटा घरहरु निर्माण भएको महानगरले दिएको तथ्याङकमा उल्लेख छ । यसरी हेर्दा पछिल्लो ५ बर्षमा २५ प्रतिशतले घर सङख्यामा बृद्धि भएको देखिन्छ । पोखरामा आर्थिक बर्ष २०७५/०७६ मा ३ हजार ९ सय ७७ जनाले घर सम्पन्नको नक्सा पास लिएको महानगरले जनाएको छ । अघिल्लो बर्ष पोखरामा ४ हजार २ सय ३३ घर निर्माण भएको थियो भने २०७३/०७४ मा २ हजार ४ सय ८० वटा घरको भुकम्प सुरक्षा तथा घर नक्शा शाखाबाट नक्सा पास लिएका थिए ।

पोखरामा २०६८ सालको जनगणना अनुसार घर परिवार सङख्या १ लाख ५ हजार ८ सय ४४ रहेको तथ्याङक कार्यालय पोखराका खरिदार शिव बरालले पोखरा न्यूजलाई  बताए । महानगरका अनुसार २०६९ साल देखि २०७५/०७६ सम्म २२ हजार ६६ सय १५ वटा घर तथा भवनहरु निर्माण भएका छन् । यसरी हेर्दा पोखरामा हाल १ लाख २८ हजार ४ सय ५९ वटा घरहरु रहेका छन।

सरकारी निकायमा दर्ता नभएको वा मापदण्ड विपरितका पोखरामा करिब २० प्रतिशत भन्दा बढी घरहरु रहेको स्थानियले बताएकाछन्। पोखरामा पछिल्लो समयमा बार्षिक ४ हजारको हाराहारीमा घरहरु बन्दा यहाँको खेती योग्य भूमि समेत प्लटिङमा परिणत हुदै गएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा घर जग्गामा लगानी गर्न कडाई गरेसंगै पोखरामा घर तथा घवनहरु बन्ने क्रम केहि रोकिएको बताइन्छ ।

पोखरा महानगरपालिका पछिल्लो क्रममा विभिन्न गाविसहरु गाभिदै १ देखि १८ वडाबाट पछि विस्तार हुदै १ देखि हाल ३३ वटा वडा पुगेको पोखरा महानगरपालिकाका प्रमुख इन्जिनियर शारदा मोहन काफ्लेले बताए । मानवबस्ती शहरीकरणले गर्दा पोखरामा जग्गाको कमी भएको र घर तथा भवन वन्ने क्रम समेत नरोकिएको उनले जनाए ।

भवनको उचाईको हकमा पोखरामा तीन तला अर्थात ३५ फिट सम्मको लागि पोखराका वडा नम्बर अनुमति दिएको थियो । पोखराको वडा नम्बर ६ (लेकसाइड क्षेत्र ) मा २ तला अर्थात २४ फिट र वडा नम्बर १७ (पार्दी, छोरेपाटन क्षेत्र) मा २ तला अर्थात २५ फिटसम्मको उचाईमा घर तथा भवन बनाउन पाउने महानगरले अनुमति दिएको थियो ।

हाल पोखरा महानगरपालिकाले ग्राउण्ड कभरेजको आधारमा प्रविधिक टोलीको राय सल्लाह अनुसार १७ मिटरसम्मको तलालाई मान्यता दिने तयारी गरेको  छ । पोखरामा करिब ४ लाख जनसङख्या रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button