पोखरा न्यूज – ३१, भदौ । पोखरा फेवाताल किनाराको रातो डाँडा क्षेत्रको सडक भासिएको छ ।
गएराति परेको ठुलो बर्षातका कारण पोखराको फेवाताल किनारा स्थित रातो डाँडा नजिकको सडक भासिएको हो ।
सो क्षेत्रमा करिब ५० मिटर सडक भासिएछ । १० मिटर सडक भासिएर पहिरो गएको छ भने करिब ४० मिटर जसो सडक भासिएर खस्ने अवस्थामा पुगेको छ ।
गएराति नै भासिएको स्थानमा कुनै संकेत वा रोक क्षेक नगर्दा सो क्षेत्रमा सडक दुर्घटनाको उच्च जोखिम समेत रहेको छ ।
सोहि भासिएको स्थान नजिकै केहि समय अघि करिब १० मिटर जसो भाग पहिरो गएको र त्यसलाई समेत मर्मत सम्हार नगरेको भन्दै स्थानियले गुनासो गरे।
तस्बिर : दीननाथ बराल