लमजुङमा बैङकका सुरक्षा गार्ड मृत फेला

पोखरा न्यूज – ०३, असोज लमजुङमा शुक्रबार एक बैङकमा कार्यरत  सुरक्षा गार्ड मृत फेला फेला परेका छन् ।

जनता बैङक सेरामा  सुरक्षा गार्ड रहेका  लमजुङ दोर्दी गाउँपालिका-२ लामिडाडाका ४५ बर्षीय बिर्ता गुरुङ माझिखोलाको भिरदेखी तल खोलामा मृत अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार ड्युटी सकेर  फर्किएका  गुरुङ घरमा नपुगेपछि  आफन्तहरुले खोजतलास गर्ने  क्रममा शुक्रबार बिहान ७ भिरबाट अन्दाजी १ सय  मिटर तल खोलामा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button