पोखरामा आइतबार धुर्मुस र सुन्तलीले पानी पँधेरोको उद्घाटन गर्ने

आर.आर. पौडेल, पोखरा न्यूज – ०४, असोज । पोखराको बगरमा भोली आइतबारबाट नयाँ डिमार्टमेन्टल स्टोर्स औपचारिक रुपमा सञ्चालनमा आउँदैछ ।

बगर, सिम्पानी क्षेत्रका मानिसलाई सपिङ सहज बनाउन भीमकालीपाटन, बगरमा सञ्चालनमा ल्याएको पानी पँधेरो डिपार्टमेन्टल स्टोरको हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मस र कुञ्जना घिमिरे सुन्तलीले आइतबार औपचारिक उद्घाटन गर्ने सञ्चालक कुमारप्रसाद बरालले जनाए ।

आइतबार बिहान ८ बजे एक कार्यक्रमकाबिच हाँस्यकलाकार एवं सामाजिक अभियान्ता द्धयले स्टोर्सको उद्घाटन गर्नेछन् । जसको लागि उनीहरु पोखरा आइसकेका छन् ।

स्टोर्समा खाद्यान्न, रेडिमेड कपडा, किचन आइटम, कस्मेटिक, गिफ्ट, जुत्ता, चप्पल, रेस्टुरेन्ट, मदिरा लगायतका सामग्री पाइनेछ । भदौ १३ गतेबाट अनौपचारिक रुपमा सञ्चालनमा आएको हो ।

स्टोर्समा अहिले पोखरामा व्यापार, व्यवसाय गरेका र वैदेशिक रोजगारीमा गएर फर्किएका गरी १५ युवाको करिब ५ करोड लगानी भएको छ । पोखराका विभिन्न क्षेत्रमा शाखा खोल्ने समेत योजना रहेको सञ्चालक मध्येका एक बरालले बताए ।

वेबसाइट पानीपँधेरोस्टोर्स डट कमबाट अनलाइनमा कारोबार र होम डेलिभरी पनि गर्ने जनाइएको छ । होलसेल मूल्यमा सबैजसो सामान एकै ठाउँबाट उपलब्ध गराई पोखरेलीलाई सपिङको वास्तविक मज्जा दिनु आफुहरुको उद्धेश्य भएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button