पोखरामा १३ करोडको लागतमा करिव ३ रोपनी क्षेत्रफलमा कुन्ती मल

पोखरा न्यूज ३१, बैशाख पोखराको व्यस्त बजार पृथ्बीचोकमा नुनदेखि सुनसम्मका सबै दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराउने उधेश्यले कुन्ती मल संचालनमा आएको छ ।

बि. सं. २०४७ सालमा मा  एक तला स्थापना गरेर संचालन गरिएको भवन हालसालै २ तला थप गरि नयाँ संरचना सहित औपचारिक रुपमा मल संचालनमा ल्याइएको संचालक मध्येका एक निरन्जन बजमियाले बताए । सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मलको बारेमा जानकारी दिंदै संचालक बजिमयले २.७५ रोपनी  क्षेत्रफलमा फैलिएको मलमा  हाल अण्डर ग्राउन्डमा पार्किङको व्यस्था सहित १ सय २६ वटा सटरहरु रहेका बताए  ।

मलमा, एटिएम मेशिन, चंगा डिपार्टमेन्ट स्टोर्स, सुनचाँदी पसल, फेन्सि रेडिमेट, ट्राभल्स लगायतका व्यापारीक प्रतिष्ठानहरु रहेका छन् । दोश्रो तलामा भाडाँकुडा देखि लत्ताकपडा उपलब्ध गराउने बिग बजार, मोवाइल, चस्मा लगायतका पसल र , हेण्डसम पार्लर रहेका छन भने तेस्रो तलामा तलामा रेष्टुरेण्ट सहितको अन्य व्यवसायीक प्रतिष्ठानहरु रहने भएको बजिमयले जनाए । करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त मलको दुबै तर्फ सटरहरु र बिच भागमा धेरैनै खाली भाग राखिएकोले व्यवसायी र मलमा किनमेल गर्न जाने ग्राहकहरु  खुसि हुने गरेको उनले दावी गरे ।

मल संचालनको अवसर पारेर यहि असोज १२ र १३ गते विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक विवेक गुरुङले जानकारी दिए । सांगीतिक कार्यक्रममा परिमिता राण, छेवाङ लामा, सुजन जिम्बा, क्रिष्टल क्लब डान्स क्रु , वि टु डी, लक्ष्य ब्याण्ड , कमेडीतन्त्र, ब्ल्याक शिप  ब्याण्ड, टिकटक क्विन अमिता गुरुङको नृत्य, रोडीजका अनिमेष शाही लगायतको प्रस्तुति रहने संयोजक गुरुङले बताए । कार्यक्रममा असोज १३ गते भाइरल ( अघोरी) बाबाको विशेष प्रस्तुति रहने उनले जनाए ।

मलले नेपालीहरुको महान चाड दशैँलाई   लक्षित गर्दै ग्राहकहरु माझ उपहार योजना ल्याएको मलका आर्का संचालक विवेक गुरुङले बताए  । मलले १५ सय भन्दा माथिको किनमेल गर्दा एउटा आकर्षक कप, २५ सय माथिको किनमेलमा पेन्टिङ फ्रेम, ५ हजार माथिको किनमेलमा भित्ते घडी र ७ हजार ५ सय माथिको किनमेल गर्दा हटकेस अथवा थर्मस प्राप्त गर्ने गुरुङले उल्लेख गरे  ।

तीन तले उक्त भवन निमार्ण गर्दा हालसम्म करिव १३ करोड लगानी भएको र १ / २ करोड लगानी अझ थप हुन् सक्ने संचालक  गुरुङले जनाए।  मलमा अव ५ वटा सटर मात्र बाँकी रहेको जनाउदै संचालक गुरुङले सोच विचार गरेर बाँकी सटर भाडामा लगाइने जनाए । मलमा शान्ति सुरक्षाको पुर्ण ग्यारेन्टी भएको बताउदै बजिमयले मलमा सीसी क्यामरा, सरसफाइ, सुरक्षा गार्ड, फायरफाइटिङ लगायतका सेवाहरु रहेको उनले  जनाए ।

मलमा बसन्तलाल बजिमय र प्रभु गुरुङ परिवारको संयुक्त लगानी रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button