शिवको आवाजमा ‘कार्टुन क्रु’ का सरोज र आश्माको रोमान्स (भिडियो )

पोखरा न्यूज – ०६, असोज । गायक शिव परियारको आवाजमा रहेको गीत ‘भेट हुदाँ’लाई दर्शक श्रोताले रुचाएका छन् । यो गीतलाई गीतकार प्रलाद शाहले रचना गरेका हुन् ।

डश म्युजिक नेपालको अफिसियल च्यानल मार्फत केहि दिन अघि मात्र सार्वजनिक भएका‘भेट हुदाँ’ बोलको म्युजिक भिडियोलाई दर्शकले मन पराएका छन् । यो भिडियोलाई ४ दिनमा मा नै १० लाख भिउज र १ हजार बढि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । गीतमा संगीत शंकर थापा (स्माइल) को रहेको छ । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन ।

भिडियोमा कार्टुन क्रु समुहका मुख्य कलाकार सरोज अधिकारी र आश्मा बिश्वकर्माको रोमान्स हेर्न पाइनेछ । उनीहरुको अभिनयले समेत दर्शकको ध्यान खिचेको छ । गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियोलाई सम्पादन गरेका हुन । शान थापाको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो ।

गीतकार शाहका यसअघिका गीत मंगली, मेरी आमा, परानै दिन्छु लगायतका गीतहरुलाई पनि दर्शक श्रोताले मन पराएका थिए । ‘भेट हुदाँ’ गीतको प्रस्तुतकर्ता समेत शाह नै हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button