पोखरा स्थित क्लाउड नाइनमा कमेडी तन्त्रको रमाइलो

आर.आर. पौडेल, पोखरा न्यूज – ०७, असोज । पोखरा चिप्लेढुंगाको क्लाउड नाइन रेष्टुरेन्ट एण्ड बारमा हरेक शुक्रबार कमेडी तन्त्र कार्यक्रम भइरहेको छ ।

पछिल्लो पटक युट्युबमा मन पराइएको स्ट्याण्ड अप कमेडी शो का पारखीहरुले पोखरामा हुने यो कार्यक्रममा पुगेर प्रत्यक्ष रम्न पाउनेछन् । कमेडी तन्त्र साँझ ७ बजेबाट शुरु हुनेछ ।

हरेक शुक्रबार कलाकार बिजय चापागाई, रबिन न्यौपाने, पबन भण्डारी, सुबास भण्डारी, इच्छा बानिया, सन्दिप पौडेलले आफ्नो प्रस्तुति राख्दै माहोल रमणिय बनाइरहेको आयोजक महेश्वर सिंह भण्डारीले जानकारी दिए ।

यी प्रस्तुतिलाई ‘मेरो फिलिम’ मार्फत युट्युबमा सार्वजनिक गरिनेछ । क्लाउड नाइन रेष्टुरेन्ट एण्ड बारमा पाइने विभिन्न परिकार तथा पेय पर्दाथको स्वाद चाख्दै कमेडी तन्त्रको प्रस्तुतीमा हाँस्दै विकइण्डलाई अविस्मरणिय बनाउन सकिन्छ ।

कमेडी तन्त्र हरेक शुक्रबार आयोजना गरिने कार्यक्रम संयोजक रोहित गिरिले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button