स्याङ्जामा १३ वर्षीया बालिकालाई बलात्कार गर्ने रानालाई १४ वर्ष कैद

पोखरा न्यूज – ०८, असोज । एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले १४ वर्ष कैद सजायको फैसला गरेको छ ।

विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु एक लाख क्षतिपूर्तिसमेत भराउने फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए ।

रानाले २०७५ भदौ २० गते बलात्कार गरेको भनी बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपित रानालाई प्रहरीले सोही दिन गिरफ्तार गरेर अनुुसन्धान प्रक्रिया अगाडि बढाएको र बालिकाको २०७५ भदौ २२ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button