इन्फरमेटिक्स कलेज पोखरा बिआईटी र बिबिए पढ्ने विद्यार्थीको रोजाइमा पर्न सफल

पोखरा न्यूज । पछिल्लो समय अध्ययनका लागि विदेशीने  युवाहरुको संख्या बढ्दै गएको छ । लाखौं खर्चिएर आफ्नो घर परिवार छाडेर सात समुद्र पार यो वा त्यो वहानामा अध्ययन गर्न युवा विदेशीने क्रमले अभिभावकहरुलाई चिन्तित तुल्याइनै रहेको छ । एकातर्फ चर्को  शुल्क, अर्को  तर्फ आफ्ना छोराछोरी स्वदेश  नफर्कने, केहीले त झन घर परिवारलाई नै वास्तानगरी उतै बसिदिने  हुँदा अभिभावकहरु सकभर छोरा छोरीलाई विदेश पठाउन नपरे हुन्थ्यो भन्ने सोचाइमा रहेको पाइन्छ।

केही वर्ष यता नेपाल र नेपालको पर्यटकीय  राजधानि पोखरामा अन्तराष्ट्रिय स्तरको अध्ययन अध्यापन गर्ने थलोको रुपमा केहि कलेजहरु स्थापना भइ संचालनमा रहेका छन । ती मध्येको विद्यार्थीको  रोजाइमा पर्न सफल एक हो इन्फरमेटिक्स कलेज पोखरा । बेलायतको लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको पाटनरशिपमा इन्फरमेटिक्स कलेजले हाल अन्तराष्ट्रिय स्तरकै सेवा सुविधा सहितको शिक्षा पोखरामा उपलब्ध गराउदै आएको छ ।

कक्षा १२ सम्म कुनै पनि बिषयमा अध्ययन सकेका विद्यार्थीहरुको लागि ढोका खुल्ला  गरेको  पोखरा महानगरपालिका १२ माटेपानीमा अवस्थित कलेजले बेलायतको बीआइटी ( ब्याचलर्स् इन् Computing) र बीबीए पोखरामै उपलब्ध गराएको छ ।

सन् २०१० मा स्थापना भएको यस कलेजबाट हाल सम्म करिब ४ सय जना विद्यार्थीले स्नातक तह पुरा गरेका छन । हाल उतिकै सङख्यामा विद्यार्थीहरु अध्ययनरत छन्।।  आफ्नो परिवार सँग रमेर, आफ्नै गाउँ ठाउँमा आफ्नै परिबेसमा विदेशको तुलनामा न्यून खर्चमा स्वदेशमै अन्तराष्ट्रिय  स्तरको  स्नातक कोर्ष पुरा गर्न पाउने भए पछि युवाहरुलाई सहज भएको छ ।

यसै कलेजको सन्दर्भमा कलेजका संचालक प्रधुम्न केसीसंग हाम्रा प्रतिनिधि दीननाथ बरालले गरेको कुराकानीको छोटो अंश ।

पोखरामा विभिन्न कलेजहरु छन तर इन्फरमेटिक्स कलेजमै किन पढ्ने ?

व्यक्तिको इच्छा अनुसार कलेज रोज्न सकिन्छ,। तर तपाइले स्वदेशमै आफ्नो घर आगनमा बसेर अन्तराष्ट्रिय मान्यता प्राप्त शिक्षा हासिल गर्न पाउनु ठुलो कुरा हो । जुन अवसर करिब एक दशक अघिका युवाहरुले पाएका थिएनन्। ।

हामी सिधै बेलायतको लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट मान्यता प्राप्त कलेज हो, बेलायतमा जुन कोर्ष पढाई हुन्छ, हाम्रोमा पनि उही कोर्ष पढाई हुन्छ,। बेलायतमा हुने सबै प्रकारको प्रक्रिया पुरा गरिन्छ । यसमा अध्ययन देखि परिक्षा प्रणाली सम्म लागु हुन्छ ।

हामी सैद्धान्तिक भन्दा बढी विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिन्छौं ता की भोलि गएर विद्यार्थी विभिन्न कोर्ष पुरा गरेसंगै आत्म निर्भर बन्न सकुन । हाम्रो कलेजमा अध्ययन पुरा गरेका विद्यार्थीहरुमध्ये ९८ प्रतिशत विद्यार्थीहरु अध्ययन पुरा गरेको ६ महिना भित्र रोजगार एवं उच्च शिक्षामा लागेका हुन्छन।

अन्तराष्ट्रिय  स्तरको  शिक्षा किन आवश्यक?

समय सापेक्ष विश्वबजारको मागअनुसार अब अन्तराष्ट्रिय स्तरकै शिक्षा आवश्यक छ । संचारका विभिन्न माध्यमबाट विश्व निकै  साँघुरिएको अवस्थामा हामी नेपालमै बसेर अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न सके अध्ययनको लागि विदेश जानेलाई यही रोक्नुका साथै विदेश अध्ययन गर्दा लाग्ने ठुलो मात्राको  खर्च समेत बचाउन सक्छौ । यस्तो शिक्षाले थोरै खर्चमा विदेशको कोर्ष  पुरा गरेर भोलि कुनै पनि देशमा काम गर्न सकिने वा विदेशको कुनै विस्व विद्यालयमा पूनः थप अध्ययन गर्न सहजता दिलाउछ । नेपालको शिक्षा पद्धती भन्दा नितान्त फरक भएकाले यस्तो शिक्षा हासिल गरेका विद्यार्थीहरु आत्मनिर्भर तर्फको बाटोमा लाग्छन्। । पोखरालाई शिक्षाको हब बनाउने अभियानमा यस्ता कलेज स्थापनाले थप टेवा पुग्ने हाम्रो विश्वास छ ।

इन्फरमेटिक्स कलेजले अन्तराष्ट्रिय स्तरको शिक्षा कसरी उपलब्ध गराउछ ?

हामी कहाँ विदेशको जस्तो सेवा सुविधा सहित दक्ष र अनुभवी प्राध्यापकहरुबाट पठन पाठन हुने गरेको छ । नेपालको उच्च शिक्षाको  इतिहास ६०-७० बर्षको नै हो तर  बेलायतको करिब ४-५ सय बर्षको लामो इतिहास रहेको छ, । हामीले विश्व बजारको माग अनुसारको परिस्कृत , उपलब्धीमुलक, प्रयोगमा आउने र जिवनमा परिवर्तन गराउने खालको बेलायतको आधुनिकशिक्षा प्रदान गर्दै आएका छौ  ।

हामीले पोखरामै अन्तराष्ट्रिय जीवनशैली  (लाइफस्टाईल) र सुनिस्चित भबिष्यको मूलमन्त्र लिएर अध्यायन अध्यापन गराउदै आएका छौं। हाम्रो कोर्ष पुरा गरेपछी विश्वको कुनै पनि देशमा रोजगारी र स्नातकोत्तर अध्ययनको लागि बाटो खुल्ला हुन्छ । बेलायतकै सरह मान्यता प्राप्त प्रमाणपत्र, परिचयपत्र समेत उपलब्ध हुन्छ । आफ्नो गाँउ ठाउँमै बसेर करिब  ७ लाखमा कोर्ष पुरा गर्न सकिन्छ । हाम्रोमा अध्ययन गर्ने विद्यार्थीहरुले गहिराइमा पुगेर अध्ययन गर्नु पर्ने, असाइन्मेन्ट र प्रोजेक्ट गर्नु पर्ने हुन्छर एलटिडब्लु (LTW) मेथडमा पढाई हुने गर्छ । सानो सानो समुह बनाएर समुगत छलफल हुनेगर्छ । विद्यार्थीहरुविहान ७ बजे देखि दिउँसो  ३ बजे सम्म कलेजमा हुने हुँदा यस समयमा शिक्षकहरु पनि सबै समय विद्यार्थी प्रति समर्पित हुन्छन । विद्यार्थीले चाहेको समयमा कुनै पनि शिक्षकले समय दिने गरेका छन ।

अन्तिम बर्षमा काम खोजेर गर्नुपर्ने (वर्क रिलेटेट लर्निंग) हुन्छ, जसले विद्यार्थीहरुलाई आफ्नो क्षमता जाच्ने मौका पाउछन भने कमजोर विद्यार्थीहरुले के कस्तो गर्नु पर्छ सुधार्ने अवसर पाउने गर्छन । यस कलेजमा अध्ययन गरेका विद्यार्थीले अनिबार्य  प्रोजेक्ट  बनाउनु पर्ने हुन्छ । हामी पोखरामा स्थापनाको करिब १० औं बर्षमा छौं । ६ व्याचमा हाम्रो कलेजबाट करिब ४ सय विद्यार्थीहरुले कोर्ष पुरा गरी आ आफ्नो क्षेत्रमा लागेका छन।

तपाइहरुले दाबी गरेजस्तै इन्फरमेटिक्स कलेज अन्तराष्ट्रिय स्तरको शिक्षाका लागि उपयुक्त  भन्ने आधार के हुन ?

सबै भन्दा ठुलो आधार भनेकै हाम्रा प्रडक्ट अर्थात हामीकहाँबाट पास भएर नेपाल लगायत विश्वका हरेक कुनामा उच्च लेवलमा कार्यरत विद्यार्थीहरुनै हुन । हाम्रो कोर्ष पुरा गरेर प्रोजेक्ट गर्ने विद्यार्थीहरु प्रोजेक्ट सक्ना साथ काममा अनुबन्धितहुने गरेका छन ।  निरन्तर त्रिभुवन विश्वविद्यालय, बेलायतको विश्वविद्यालय लगायतका नियामकनिकायले  अनुगमन गर्दै आएका छन । हामीले शिक्षा मन्त्रालयले दिएको निर्देशनमा अन्तराष्ट्रिय मापदण्ड अनुसारका कक्षाकोठा, पुस्तकालय, इ लाइब्रेरी, क्यान्टिन सहितको अन्य भौतिक पूर्वाधार निर्माण गरेको हुनाले हामीले धेरै प्रशंसा पाउन सफल भएका छौं । हामीले बेलायतका युनिभर्सिटीका उपकुलपति तथा प्रतिनिधिलाई  पोखरा ल्याएर विद्यार्थीहरुलाई दिक्षित गर्ने तथा सर्टिफिकेट वितरण गर्ने गरेका छौं । हाम्रो कलेजको बेलायतबाट बर्षको तीन पटकसम्म अनुगमन तथा रेखदेख हुने गरेको छ । हाम्रोबाट कसैले पोखरामा  कोर्ष पुरा गरेर बेलायतमै गएर दिक्षान्त वा थप अध्ययन गर्न चाहेमा त्यस्तो समेत गर्न पाउदछन ।

कलेजको भौतिक संरचना के कस्तो रहेको ?

हाम्रो कलेज करिब १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । कलेजमा बास्केटबल कोर्ट सहितको पार्किङ, गार्डेन लगायतका सुविधा रहेको छ । वातावरण अनुकुलित प्रविधि मैत्रि कक्षा कोठा रहेका छन्। आफ्नै भवनमा अन्तरास्ट्रिय  स्तरको शिक्षा प्रदान गर्न हालसम्म करिब १८ करोड बढी लगानी गरिसकेका छौ ।

आगामी योजना केहि छन कि ?

हामीले प्रविधिमैत्री , ब्यबहार उपयोगी अन्तरास्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने भएकाले हामी हरदम अपडेट हुँदै अगाडी बढ्नु पर्दछ । विद्यार्थीहरुको माग अनुसार भोलिका दिनमा थप संकायहरु बढाउने योजनामा हामी  रहेका छौ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button