भारतको पुनेमा मुसलधारे वर्षा पछि बाढी: १२ जनाको मृत्यु

पोखरा न्यूज – ०९ , असोज । बुधबार भएको अचानकको भारी वर्षाले भारतको पुने जिल्लामा बाढी आउँदा १२ जनाको मृत्यु भएको छ ।

पुनेको सहकार नगरमा भित्ता भत्किएपछि ५ जनाको मृत्यु भएको थियो भने ५ जना मृतकहरु जिल्लाको ग्रामिण भेगबाट भएको त्यहाँको सरकारी निकायले जनाएको छ । एक मृतकको शव बाढीले बगाएको कारमा भेटिएको पनि जनाइएको छ ।

बाढीका कारण जिल्लाको होचो भुभागमा बसोबास गर्ने १० हजार ५ सयको उद्दार र २८ हजार बासिन्दालाई सुरक्षित स्थानतिर सारिएको छ । बिहीबार पानी पर्न रोकिए पनि कैयौं स्थान अझै डुबानमा रहेकाले स्कुल, कलेज र कार्यालयहरु बन्द रहेका छन् ।

पुनेका मुख्यमन्त्री देवेन्द्र फड्नाभिसले बाढीले पुर्याएको क्षतिले आफुलाई मर्माहत बनाएको बताउँदै राष्ट्रिय आपत मोचन बलका टिमहरु उद्दारका लागि बाढीग्रस्त ठाउँहरुमा परिचालित गरिएको पनि जानकारी दिए । उनले ट्विटमार्फत मृतक प्रति समवेदना प्रकट गर्दै सम्भावना भएसम्मको सहायता प्रदान गर्ने विश्वास पनि व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button