स्थानिय तहमा आवश्यकताको आधारमा तालिम संचालनन हुन्छ: मन्त्री पुन

दीननाथ बराल, पोखरा न्यूज – ०९ , असोज ।  गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन मगरले प्रदेशका ८५ वटा स्थानिय तहमा आवश्यकताको आधारमा तालिम संचालन गर्ने बताएकी छन्।

पोखरा महेन्द्रपुलमा रहेको हङकङ व्यूटि इन्स्टिच्यूट प्रालिको ३४ औं तथा क्लारा इन्टरनेशनल स्पाः एवं व्यूटि कलेज स्थापनाको चौथोे बार्षिकोत्सवको बिहिबार उद्घाटन गर्दै मन्त्री पुनले प्रदेशका जनतालाई आत्मनिर्भर र व्यवसायीक बनाउन पनि अब स्थानिय आवश्यकताको आधारमा तालिम संचालन गरिने भएको बताएकी हुन्।

उनले भनिन्“ तालिममा गएर भत्ता पाउने र आफ्नो जिविको पार्जन गर्ने हिसाबले पहिला धेरै तालिम चल्ने गर्थो तर अब त्यसो हुदैन, स्थानिय जनताको आयआर्जन र सिपको प्रवर्द्धनगर्न हामीले स्थानियको माग अनुसारको तालिमको व्यवस्था गछौं ।” ६ महिनाको तालिम दिन परे पनि प्रदेशले तालिम दिन कुनै कन्जुसाई नगर्ने र उनीहरुलाई आफ्नो खुट्टामै उभिन सक्ने बनाउने भएको मन्त्री पुनको भनाई छ ।

भोलि केही गरौं भन्नेहरुको लागि सांसद मीना गुरुङको बृत्तचित्र (डकुमेन्ट्रि) धेरै व्यक्तिहरुको लागि प्रेरणाको स्रोत हुन सक्ने बताउदै मन्त्री पुनले दृढ इच्छा शत्तिका साथ अघि बढ्न सुझाव दिएकी छन्। तालिम प्रदायक संस्थाहरुको नाम संकलन गर्न थालिएको उनले बताइन् । तालिम प्रदायक संस्थाहरुले आफ्नो संस्थाको नाम मन्त्रालयमा दर्ता गर्न मन्त्री पुनले आग्रह गरिन्। सामुहिक उद्योग गर्नेहरुको लागि मन्त्रालयले बिय पुजीको रुपमा केही रकम सहयोग गर्ने भएको मनत्री पुनले बताइन्।

निकै गरिब भएको अवस्थामा अति विपन्नलाई सहयोग गर्ने कार्यक्रम समेत रहेको उनले बताइन्। हरेक नागरिकलाई सिपयुक्त बनायर उद्योगमा जोड्नको निम्ति स्थानिय र प्रदेश सरकारको चासो गएको मन्त्री पुनले बताइन्। उनले भनिन“ हाम्रो सोच सकरात्मक हुनु पर्यो, स्वदेशमै केही गर्नु पर्यो, विदेश जाने सोचमा परिवर्तन हुनु पर्यो, हामीले स्वदेशीमै केही गर्न सके मात्र देशको आर्थिक विकास र समृद्धि हुन्छ । ”

प्रदेश सांसद गायत्री गुरुङले इमानदार सबैको भलो चिताउने सांसद मीना गुरुङले धेरै व्यक्तिहरुलाई सौन्दर्य पेशामा संगठित पार्दै आएकोमा खुशी व्यक्त गरिन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मीना गुरुङको वृत्तचित्रमा केही कुरा अपुरो भएको बताउदै सांसद गुरुङ सामाजिक क्षेत्रमा निरन्तर रुपमा क्रियाशिल भएको जनाए ।

नेपाल च्याम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले महिला उद्यमशिलता, महिला स्वरोजगारमा सांसद गुरुङले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताए । पत्रकार दुर्गा भण्डारीले सांसद गुरुङको वृत्तचित्रको बारेमा टिप्पर्णी गर्दै वृत्तचित्रमा विभिन्न व्यत्तिहरुको भनाईहरु लामो भएको बताइन्।

हङकङको लाहुरे जिवनदेखि गण्डकी प्रदेश सभा सदस्यसम्मको जिवन सघर्षको बिषयमा समेटेर तयार पारिएको सांसद मीना गुरुङको डकुमेन्ट्रि समेत प्रर्दशन गरिएको थियो । सुरक्षित आप्रवासन (सामी) परियोजना कास्कीका संयोजक एवं महिला तथा वालबालिकाको क्षेत्रमा काम गर्दै आएकी माया गुरुङ (मैयाँ) उक्त अवसरमा सम्मानित भएकीछन्। सामाजिक क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुर्याएको भन्दै इन्स्टिच्यूटले सम्मान गरेको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन मगर, इन्स्टिच्यूटका संचालक एवं प्रदेश सांसद मीना गुरुङले सम्मान-पत्रको साथमा दोसल्ला ओढायर सम्मान गरेकी हुन् । क्लारा इन्टरनेशनल  एस्थेटिक कलेजबाट डिप्लोमा कोर्षमा हालै उर्तिण भएका २२ जना युवतीहरुलाई उक्त दिक्षान्त समारोहमा प्रमुख अतिथि मन्त्री पुनले प्रमाण-पत्र वितरण गरेकी हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button