लमजुङ र गोरखामा भूकम्पको धक्का महसुस

पोखरा न्यूज – ०९ , असोज । लमजुङ र गोरखाको सिमानामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज साँझ ६ बजेर ४९ मिनेट जाँदा लमजुङ र गोरखाको सिमाना खरिबोटबाट पाँच किलोमिटर उत्तरतर्फ केन्द्र विन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार २०७२ सालमा गएको भूकम्पको पराकम्प मात्र हो । भूकम्पको धक्काबाट जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button