कमेडी चलचित्र ‘हाउसफुल ४’ को ट्रेलर सार्वजनिक ( हेर्नुहोस् यस्तो छ ट्रेलर )

पोखरा न्यूज – १०, असोज । पूनरजन्मको कथा समेटेको कमेडी चलचित्र ‘हाउसफुल ४’ को ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ ।

अक्षय कुमार, रितेश देशमुख, बबी देवल, पुजा हेग्डे, कृती सेनन तथा कृती खर्बन्दा लगायतको मुख्य भूमिका रहेको चलचित्र अक्टुबर २५ तारिखबाट रिलिज हुँदैछ ।

चलचित्रमा ६ सय बर्ष पुराना पात्रलाई पूनरजन्म गराएर २०१९ मा कमेडीको माध्यमबाट प्रस्तुत गरिएको छ । सवै पात्रको पूनरजन्म भएको चलचित्रमा ६ सय बर्ष पुरानो जोडी २०१९ मा फरक परेपछि त्यसैलाई मसला बनाएर देखाउन खोजिएको छ ।

चलचित्रमा सवै पात्रको पूनरजन्म त हुन्छ तर उनीहरु सबैका धर्मपत्नी पुर्व जन्ममा आ-आफ्ना साथीका धर्मपत्नी रहेका हुन्छन्।

लगातार ३ वटा सिरिज हिट भएको चलचित्र हाउसफुल को ४ औ सिरिज धेरैको प्रतिक्षामा रहेको छ । साजिद नाडियाडवालाले निर्माण गरेको चलचित्र ‘हाउसफुल ४’ को निर्देशन फरहाद साम्जीले गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button