भारतीय चेली सिन्दुरसंगै नागरिकता र त्यसपछि मन्त्री सम्मका अधिकार लिएर आउछन्- नेता रावल

दीननाथ बराल, पोखरा न्यूज – १२, असोज । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले  भारतीय चेलीसंग नेपालीले विवाह गर्दा भारतीय चेलीले एक हातमा सिंदुर, एक हातमा नागरिकता सहित धेरै अधिकार लिएर आउने गरेको बताएकाछन्।  क्षेत्री दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै  नेकपाका  सांसद रावलले भारतिय चेली नेपालीसंग विवाह गरेर आउदा एक हातमा सिन्दुर, एक हातमा नागरिकता बोकेर आउने र उनीहरुले   सांसद र मन्त्री हुदै प्रधानमन्त्रीसम्मका पद पाउने गरेको बताएका हुन्।

उनले भने “हाम्रा देशका केही नेताहरुले हाम्रो देशको सिमाना खुल्ला राख्नु पर्यो, नागरिकता खुल्ला गर्नु पर्यो भन्दै आएका छन, भारतमा कुनै चेली विवाह गरेर जादा नागरिकता लिन ७ बर्ष कुर्नुपर्ने तर भारतबाट हाम्रो देशमा विवाह गरेका आएका चेलीहरु एक हातमा नागरिकता अर्को हातमा अर्को हातमा प्रधानमन्त्री मन्त्रीसम्मका अधिकार कसरी प्राप्त गर्न सक्छन, यसमा हामी गम्भिर हुनुपर्छकी पर्दैन्। ” जनङख्याको राजनीतिबाट यो देशको अस्तित्व समाप्त पार्ने सडेन्त्र भईरहेको सांसद रावले बताए ।

यो षड्यन्त्रको बिरुद्धमा देश भक्त नेपालीहरु उड्नु पर्ने र आवाज उठाउनु पर्ने उनको जोड थियो । देशमा अझै पनि वैदेशीक हष्तक्षेप भएको सांसद रावलले दाबी गरे । उनले भने “नेपालीहरुलाई विदेश पठाउने विदेशीका लागि खुलेआम नागरिकता वितरण गर्ने अनि देशमा विदेशी हस्तक्षेप नबढेर के हुन्छ । ” देशको सिमाना अझै पनि अन्तराष्ट्रिय कानुन अनुसार नभएको उनले बताए ।

उनले भने “ हामी स्वाभिमानी, स्याधिन पुर्खाका सन्तान हौं, हाम्रा पूर्खाहरुले स्वतन्त्र राखेको यो देशमा अब कसैले हस्तक्षेप गर्छन भने हामी सम्पूर्ण नेपाली एक भयर उनीहरु बिरुद्ध लड्न र भिड्न तयार हुनुपर्छ । ” नेपालीहरुलाई भाडाका सिपाई बनाउने प्रचलन अब लोकतान्तिक अभ्यासमा परिवर्तन गर्नुपर्ने सांसद रावलको भनाई थियो । उनले भने अब विदेशमा भर्ति गराउन लैजाने सिस्टको बिरोध गर्नुपर्छ, त्यसलाइ लोकतान्त्रिकरण गर्नुपर्छ त्यसलाई बन्द गर्नुपर्छ ।” जति विदेशबाट आएको रेमिट्यान्स छ त्यो भन्दा बढी विदेशीहरुले नेपालको श्रोतसाधनबाट बढी अशुल्ने गरेको सांसद रावलले जनाए ।

उनले भने “तपाँई कतिलाई लाग्नसम्छ, हाम्रा छोराहरु वेलायती सेनामा गएका छन, पैसा आउछ, अहिले विदेशीले नेपालको साधन श्रोत लुटेर कतिच पैसा लान्छ हामीले हिसाव गरेका छौं, यसमा हाम्रो कुनै हिसिाव किताव छैन्।” नेपाली युवा शक्ति करिब ५०÷६० लाख रोजगारको खोजिमा विदेशीको उनले दाबी गरे । उनले भने “नेपालीहरुको महान पर्व दशैं सुरु भयो यो अबस्थामा हजारौं नेपाली आमाहरु आफ्ना छोरा छोरीलाई सम्झेर रुदै बस्न बाध्यछन्। ” दौरा सुरुवाल र गुन्यो च्योलो नेपाली परम्परागत इतिहास वोकेको जंगि पोशाक भएकोले यस्तो पोशासको संरक्षणमा लाग्न उनले आग्रह गरे ।

सांसद एवं उद्योगपती सुर्य बहादुर केसीले राज्यले हाल संकलन गरेको कर स्थानिय, प्रदेश र संघिय सरकारले सदुपयोग गर्न नसकेको आरोप लगाए । स्थानिय देखि केन्द्रसम्म जनताले तिरेको करको हरेक हिसाव किताव खोज्न उनले जनालाई आग्रह गरे । क्षेत्रि समाजका केन्द्रिय अध्यक्ष डा. दील बहादुर क्षेत्रीले क्षेत्री समुदायलाई कसैले जिस्काएमा उनीहरुलाई बाँकी नराख्ने चेतावनी दिएकाछन्। पोखराको मानव अधिकारचोकमा स्टेज मिलाउने क्रममा केही युवाहरुले आफ्नो कार्यक्रम विथल्न खोजेकोमा आपत्ति जनाउदै उनीहरुले माफी नमागे कारवाही गरुी छाड्ने चेतावनी दिएकाछन्।

क्षेत्री समाजले खुल्ला सडक मानव अधिकार चोकमा गर्दा ट्राफिक जाम देखि दशैंको मुखमा केही व्यापारीहरुको व्यापारमा समेत असर परेको गुनासो गरेका थिए । समाजका जिल्ला अध्यक्ष पदम बहादुर क्षेत्रीलाई उक्त अवसरमा सम्मानपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको बरिष्ठ उपाध्यक्ष दील बहादुर अधिकारीले बताए । केन्द्रिय महिला संघका अध्यक्ष उर्मिला खड्काले महिला अधिकारको लागि एक हुन आग्रह गरिन्।

क्षेत्रि समाज कास्कीको कार्यालय पोखराको नयाँजबारबाट सुरु भएको ¥याली पोखराका विभिन्न भाग परिक्रमा गरी पोखराको मानवअधिकार चोकमा पुगेर समापन भएको समाजका गण्डकी प्रदेश अध्यक्ष वेनि बहादुर बस्नेतले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button