डोजर पल्टिँदा १ जनाको मृत्यु

पोखरा न्यूज- १४, असोज । जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए। ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उनले भने,“अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button