एकै दिनमा सुनको मुल्यमा भारी गिरावट

पोखरा न्यूज- १४, असोज । केही दिनयता ओरालो लागेको सुनको मुल्यमा आज मङ्गलबार एकै दिन भारी गिरावट आएको छ ।

सोमबार तोलाको रु ७० हजारमा कारोबार भएको छापावाल सुनको मुल्य मङ्गलबार ८०० ले घटेर ६९,२०० मा कारोबारमा भएको छ । तेजावी सुन ६८,९०० मा कारोबार भइरहेको छ भने चाँदी पनि सोमबार भन्दा १५ रुपैयाँले घटेर प्रति तोला ८२५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

भदौको मध्यतिर मूल्य वृद्धिको रेकर्ड कायम गर्दै ७३,५०० सम्म पुगेको सुनको मुल्य त्यसयता ४ हजार ३०० रुपैयाँले घटिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button