मङ्गल ग्रहमा आफ्नो नाम पठाउने आज अन्तिम दिन

पोखरा न्यूज- १४, असोज । मङ्गल ग्रहमा आफ्नो नाम पठाउन चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने आज (मङ्गलबार) साँझ ६:३० बजेसम्म नासाको वेबसाइटमा गएर आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।

नासाले २०२० मा मङ्गल ग्रहमा पठाउने “मार्स २०२० रोभर” मा आफ्नो नाम पठाउनका लागि नाम दर्ता गराउन विश्वव्यापी आह्वान गरेको थियो । मे २१ देखि सुरु गरिएको उक्त अभियानमा हाल सम्म एक करोड नौ लाख २२ हजार जना भन्दा बढीले नाम दर्ता गरिसकेका छन् ।

सन् २०२० को जुलाई वा अगस्टमा प्रक्षेपण गरिने रोभर २०२० ले आफुमा जडित एक चिपमा सङ्कलन गरिएका नामहरुलाई मङ्गल यात्रामा लानेछ । प्रक्षेपण गरिएको ६८७ पृथ्वीको दिन पछि मङ्गलमा पुग्ने यानले मङ्गल ग्रहमा जीवनको सम्भावना तथा माइक्रोबिएल जीवनको खोज गर्नेछ ।

हाम्रो कार जस्तै आकारको रोभर १० फिट लामो, ९ फिट चौडा र ७ फिट अग्लो छ । अमेरिकाको फ्लोरिडाबाट उडाइने कारको वजन भने १०५० किलोग्राम छ ।

तस्वीर : NASA

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button