च्याम्पियन्स लिग: युभेन्टस र पिएसजीको जीत, बायर्नको ७ गोल

पोखरा न्यूज- १५, असोज । च्याम्पियन्स लिगमा युभेन्टस, बायर्न म्युनिख, एट्लेटिको म्याड्रिड, म्यानचेस्टर सिटी र पिएसजीले आफ्नो खेल जित्दा रियल म्याड्रिड भने बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा इकार्डीको निर्णायक गोलको मद्दतले फ्रान्सको पेरिस सेन्ट जर्मेनले टर्कीको गालाटासारेलाई १-० ले पराजित गर्यो । अन्य खेलमा एट्लेटिको म्याड्रिडले लोकोमोटिभ मस्कोलाई २-० ले पराजित गर्दा इटालीको युभेन्टसले जर्मनीको बायर लेभरकुसेनलाई ३-० ले हरायो । युभेटसको जीतमा क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्वेन, बर्नार्डेस्चीको एक एक गोल योगदान गरे ।

हिजै भएको खेलमा म्यान्चेस्टर सिटीले डाएनामो जाग्रेभलाई २-० हरायो भने क्रिभेनाले ओलम्पियाकोसमाथि ३-१ को जीत दर्ता गर्यो । त्यस्तै जर्मनीको च्याम्पियन बायर्न म्युनिखले पछिल्लो सिजनको उपविजेता टोटेनह्यामलाई ७ गोल ठोक्यो । बायर्नका लागि गन्याब्रेले चार र रोबर्ट लेवान्डोस्कीले २ गोल गरे ।

सोमबार भएको खेलमा स्पेनिस महारथी रियल म्याड्रिड भने ब्रुगसँग २(२ को बराबरीमा रोकिदा साख्तर डोनेस्कले एट्लान्टालाई २(१ गोल अन्तरले पराजित गर्यो । च्याम्पियन्स लिगको गेम विक २ अन्तर्गत नै आज नेपोली र गेन्क तथा स्लाभिया प्राभा र लिभरपुुल भिड्नेछन् भने भोलि अन्य ६ खेल हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button