सामसुङको पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक, नेपालमा ३ लाख भन्दा बढी पर्ने

पोखरा न्यूज- १५, असोज । सामसुङ कम्पनीले डिस्प्ले पट्याउन मिल्ने आफ्नो पहिलो ग्यालेक्सी फोल्ड मोडेलको स्मार्टफोन सार्वजनिक गरेको छ ।

अप्रिलको अन्त्यमै आउने भनिएतापनि फोनमा खराबी देखिए पछि खराबी सुधारेर अहिले अक्टोबरमा ग्यालेक्सी फोल्ड बजारमा आएको हो । ७.३ इन्चको विशाल डिस्प्ले रहेको फोनमा अर्को ४.६ इन्चको अर्को कभर डिस्प्ले पनि रहेको छ ।

हार्डवेयर तर्फ ग्लालेक्सी फोल्डमा स्नापड्रागनको ८ सय ५५ प्रोसेसर, १२ जिबि र्याम र ५ सय १२ जिबि स्टोरेज क्षमता रहेको छ । त्यस्तै एड्रेनो ६ सय ४० जिपियु रहेको फोनमा फिङ्गर प्रिन्ट सेन्सर, एक्सिलोमिटर, गाइरोस्कोप लगायतका सुविधा पनि रहेका छन् ।

त्रिपल क्यामेरा सेटअप जडित फोनमा दुई १२ मेगापिक्सलको र एक १६ मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरा रहेका छन् । त्यस्तै ग्यालेक्सी फोल्डमा सेल्फी खिच्न पनि १० र ८ मेगापिक्सलको दुई क्यामेरा छन् । ४ हजार ३ सय ८० एमएएच क्षमताको ब्याट्री सहितको फोनमा फास्ट चार्जिङको पनि व्यवस्था छ ।

अमेरिकामा १ सय ४९ डलर मुल्यमा सार्वजनिक गरिएको फोनको मूल्य भारतमा भने १ लाख ६४ हजार ९ सय ९९ तोकिएको छ । नेपाली बजारमा भने फोनको मूल्य करिब ३ लाख १३ हजार पर्ने अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button