च्याम्पियन्स लिग : बार्सिलोना, लिभरपुल र चेल्सीको जीत

पोखरा न्यूज- १६, असोज । च्याम्पियन्स लिग फुटबलको गेमविक २ अन्तर्गत गएराति भएको खेलहरुमा गत विजेता लिभरपुल सहित बार्सिलोना, चेल्सी, लियोन, जेनिट र आयाक्स विजयी भएका छन् ।

निकै रोमाञ्चक खेलमा साल्जबर्गलाई ४-३ ले पराजित गर्दै लिभरपुलले उपाधि रक्षा अभियानमा अघि बढ्दा बार्सिलोनाले कठिन प्रतिद्वन्द्वी इन्टर मिलानलाई २-१ ले पराजित गर्यो । बार्सिलोनाको जीतमा दुबै गोल लुइस सुआरेजले गरे ।

त्यस्तै हिजै भएको खेलमा फ्रान्सको लियोनले लेपजेगलाई २-०, जेनिटले बेन्फिकालाई ३-१ र आयाक्सले भ्यालेन्सियालाई ३-० गोल अन्तरले पराजित गरे । अर्को खेलमा चेल्सीले लिलेलाई २-१ ले हरायो । चेल्सीका लागि विलियन र अब्राहमले एक-एक गोल गर्दा ओसिम्हेनले लिलेका लागि एक गोल फर्काए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button