नवलपुरबाटै यातायातको लाइसेन्स वितरण हुने

दीननाथ बराल, पोखरा न्यूज- १७, असोज । गण्डकी प्रदेश सरकारले नवलपुरबाट यातायाताको लाइसेन्स समेत वितरण गर्ने भएको छ । विहिबार पोखरामा बसेको मन्त्री परिषद बैठकको निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवत्ता रामशरण बस्नेतले नवलपुरका धेरै जनताहरुलाई लाइसेन्स लिन पोखरा धाउनु पर्ने बाध्यकारी अबस्थालाई सहज पार्न सरकारले नवलपुरमै लाइसेन्स वितरण गर्ने गरी कार्यालय स्थापना गर्ने निर्णय गरेको बताएका हुन्।

भौतिक पुर्वाधार तथा विकास मन्त्रालय अन्र्तगत यातयात व्याबस्था सेवा कार्यालय स्तर उन्नती गरी लाइसेन्स समेत वितरण गर्ने जसका लागि आवश्यक रकम व्यबस्था गर्ने र ७ जना कर्मचारी थप्ने गरी समेत निर्णय भएको उनले जनाए ।

प्रदेशका मुख्य तीन जिल्ला मनाङ, मुस्ताङ र गोर्खामा इटालीयन स्याउँका विरुवा ल्याउने सरकारका प्रवक्ता बस्नेतले बताए । स्याउ विशेष कार्यक्रम मनाङ, मुस्ताङ र गोर्खाको चुमनुब्री र धार्चे गाउँपालिकामा लागु हुने उनले जनाए । प्रदेश सरकारले तीन जिल्लाको लागि ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । स्याउँ बिषेश कार्यक्रम अनर््गत विरुवा किन्न ३० प्रतिशत उपभोत्ताले ७० प्रतिशत सरकारले अनुदान दिने भएको छ ।

यसरी हेर्दा करिब ७ करोडको स्याउ प्रयोजेक्ट अघि बढ्ने भएको प्रवक्ता बस्नेतले जनाए । एग्रो मनाङ सँगको समन्वयमा स्याउको विरुवा वितरण गरिने प्रदेश सरकारका प्रवत्ता बस्नेतले बताए । ५ बर्षमा प्रदेशमा स्याउँ आत्मनिर्भर बनाउने सरकारको लक्ष्य रहेको उनले बताए । भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको स्याउँ विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत पनि मन्त्री परिषदले स्वीकृत गरेको हो ।

त्यस्तै कास्कीको काहुँडाँडामा निर्माण हुन लागेको बुद्ध मन्दिर निर्माणको लागि सामुदायिक बनले धर्मकाय बुद्ध मण्डला विकास तथा ब्यवस्थापन समितिलाई १ सय ७० रोपनी जग्गा दिने निर्णय समेत गरिसकेकोले उक्त निर्णय उचित भएको भन्दै प्रदेशबाट केन्द्र सरकारलाई सिफारिस गरिने भएको सरकारका प्रवक्ता बस्नेतले बताए ।

बुद्ध मन्दिर निर्माणको लागि उक्त जग्गा प्राप्तीको लागि प्रदेशले राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा राख्न संघलाई सिफारिस गर्ने भएको उनले जनाए ।  क्षेत्रिय क्षयरोग केन्द्र प्रदेश सरकारले केन्द्रसंगबाट प्रदेशमा माग गरेको प्रवक्ता बस्नेतले बताए । उक्त केन्द्र नत केन्द्र, प्रदेश र स्थानिय तह कुनैको माताहातमा नभएकोले आफुहरुले प्रदेशमा माग गरेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button