अमेजनका मालिक जेफ बेजोस यस वर्ष पनि अमेरिकाको सर्वाधिक धनी

पोखरा न्यूज- १७, असोज । अमेजनका मालिक जेफ बेजोस यस वर्ष पनि फोर्ब्स ४ सय सुचीको अग्र स्थानमा रहँदै अमेरिकाका सर्वाधिक धनाढ्य बनेका छन् ।

१ खर्ब १४ अर्ब डलर सम्पत्तिका साथ बेजोसले सुचीको अग्रस्थानमा आफुलाई कायम गरेका हुन् । अघिल्लो वर्ष भन्दा ४६ अर्ब डलरले उनको सम्पत्ति घटे पनि बेजोसले आफुलाई अमेरिकाको सर्वाधिक धनाढ्यका रुपमा राख्न सफल भए ।

घटेको ४६ अर्बको ठुलो हिस्सा बेजोसले आफ्नो पुर्व श्रीमतीलाई डिभोर्समा दिएका थिए । उक्त एलिमोनी पाएपछि बेजोसको पुर्व श्रीमती म्याकेञ्जी बेजोस पनि ३६.१ अर्ब डलरका धनाढ्यको सुचीमा १५ औं स्थानमा उक्लेकी छिन् ।

धनाढ्यको सुचीको दोस्रो स्थानमा १.०६ खर्ब डलरका साथ माइक्रोसफ्टका मालिक बिल गेट्स छन् भने सेयर लगानिकर्ता वारेन बफेट ८०.८ अर्ब डलर सम्पत्तिका साथ तेस्रो स्थानमा छन् । फेसबुकमा मालिक ६९.६ अर्ब अमेरिकी डलर सम्पत्तिला साथ सुचीको चौथो स्थानमा छन् ।

सुचीको टप २० मा म्याकेञ्जीका अलावा चार महिला रहेका छन् जस मध्ये वालमार्टकी उत्तराधिकारी एलिस वाल्टन ५१.४ अर्ब डलर सुचीको ११ स्थानमा छिन् । टप २० मा समावेश अन्य महिलाहरुमा जुलिया कोच र ज्याकेलिन मार्स रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button