पोखरामा विन्ध्यवासिनी मन्दिरमा फुलपाती भित्राइयो

दीननाथ बराल, पोखरा न्यूज- १८, असोज । विजया दशमीको सप्तमीको दिन (आज) पोखराको धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा जिल्ला प्रशासन कार्यालय कास्कीले विधि पूर्वक फुलपाती भित्राएको छ । नेपाल सरकारकै तर्फबाट परम्परागत रुपमा मनाइदै आएको यस पर्वमा यसपालि पनि विधि पूर्वक फुलपाती भित्राउने काम भएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

काम बिशेषले गर्दा काठमाण्डौं गएका प्रमुख जिल्ला अधिकारी केसीको अनुपस्थितिमा निमिक्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल प्रमुख कर्ताको रुपमा सहभागी भई विधि पूर्वक पूजा आज गरी फुलपाती भित्राइएकोे हो । प्रजिअ केसीले भने “ परम्परा देखि चलि आएको विन्ध्यवासिनी मन्दिरमा फुलपाती भित्राउने परम्परालाई यसपाली पनि हामीले निरन्तरता दिएका र्छौं, एउटा बोको काट्ने चलन रहेछ, साथै र्याली सहित सुरक्षाका तीनै अंग सहभागी भई सलामी दिने प्रचलनलाई हामीले यसपालि पनि निरन्तरता दिएका छौं । ”आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्राइएको छ ।

 

परम्परा देखि नै विन्ध्यवासिनी मन्दिर र कास्कीको कास्कीकोटमा नेपाल सरकारकै तर्फबाट विधि पूर्वक पूजा आजा गरी फुलपाती भित्राउने प्रचलन रहिआएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्य रामजी प्रसाद कोइरालाले बताए । गृहमन्त्रालयले पठाएको फुलपाती वडाको साइत समातेर यसपटक विहान १०ः०५ बजे नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबाट भगवती सलामी दिएर सोही साइतमा भगवतीलाई भोग समेत दिइएको उनले बताए ।

 

यस अघि पोखराको मानव अधिकारचोकबाट सुरु भएकोे फुलपाती सहितको र्याली भिमसेन मन्दिर, नालाकोमुख, मोहोरीयाटोल हुदै मन्दिरमा पुगेर समापन भएको थियो । विन्ध्यवासिनी परिसरमा जारी देवी भागवत महायज्ञमा भक्तजनहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको पनि सदस्य कोइरालाले बताए । मन्दिर दर्शनसंगै महायज्ञमा समेत सामेल हुन पाइने भएकोे हुदा घटस्थापना देखि जारी महायज्ञको सातौं दिनसम्म पनि भक्तजनहरुको अत्याधिक भिड भएको उनले थपे ।

त्यसै गरी विन्ध्यवासिनी मन्दिरमा दर्शनार्थीहरुको आज (सप्तमीमा) अत्याधिक भिड भएको छ । विहान ४ बजे देखि दशर्नार्थीहरुको लागि मन्दिरको ढोका खुल्ला गरिए पनि दिनभरी जसो दर्शन गर्नेहरुको भिडभाड भएकोे समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button