पूर्वसभामुख कृष्णबहादुर महरा सभामुख निवासबाटै पक्राउ

पोखरा न्यूज – १९, असोज । संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परको छन् ।

आज साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए ।

आज दिउँसोमात्रै काठमाडौँ जिल्ला अदालतले यौन दुव्र्यवहारको आरोप लागेका महरालाई पक्राउको अनुमति दिएको थियो । न्यायाधीश ब्रजेश प्याकुरेलको आदेशले पक्राउको अनुमति दिएलगत्तै प्रहरीले सभामुख निवास गएर नियन्त्रणमा लिएको हो ।

एक अनलाइनसँगको अन्तर्वार्तामा ती महिलाले यही असोज १२ गते राति आफूलाई महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । सोही घटनाका कारण महराले सभामुखबाट राजीनामा दिएका थिए ।

त्यसको दोस्रो दिन अर्काे अनलाइनसँगको भिडियो अन्तर्वार्तामा उनले बुबा समानको मान्छेले त्यस्तो गर्नै नसक्ने र आफूले डिप्रेसनमा परेर रिसको झोँकमा आरोप लगाएको बताएकी थिइन् । सोही विषयलाई पुष्टिसहित महिलाले प्रहरीमा निवेदन दिँदै महराले आफूलाई दुव्र्यवहार नगरेको जनाएकी थिइन् ।

असोज १६ गते शुक्रबार पुनः यौन दुव्र्यवहारको आरोप लगाउँदै उनले प्रहरीमा जाहेरी दिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता बोगटीले जानकारी दिए  ।

सोही जाहेरीका आधारमा आज महरालाई पक्राउ गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button