जीप दुर्घटनामा ३ को मृत्यु, ५ घाइतेको उद्धार

पोखरा न्यूज- २०, असोज । अर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए । मृतकको सनाखत भएको छैन ।

घटनास्थलबाट पाँच जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको र घटनास्थलतर्फ आफूहरु जाँदै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button