विन्ध्यवासिनी मन्दिरमा संचालन भएको नवदुर्गा महोत्सवबाट २५ लाख संकलन

दीननाथ बराल, पोखरा न्यूज -२०, असोज । पोखराको विन्ध्यवासिनी मन्दिरमा संचालन भएको नवदुर्गा महोत्सवबाट यस बर्ष २५ लाख भन्दा बढी रकम  संकलन भएको छ ।

घटस्थापना (असोज १२) देखि महानवमी (असोज २०) सम्म संचालन भएको उक्त महोत्सवको अवसरमा आयोजित श्रीमद् भागवतदेवी ज्ञान महायज्ञमा २५ लाख रुपैया भन्दा बढी संकलन भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए ।

नौ दिनसम्म संचालन भएको उक्त महोत्सवमा आयोजित महायज्ञमा विभिन्न दाता, देविका भक्तहरुले दान दक्षिण स्वरूप  सहयोग गर्दा उक्त रकम संकलन भएको अध्यक्ष श्रेष्ठले पोखरा न्यूजलाई  बताए । यसपाली भक्तजनहरु उत्साहजनक रुपमा महोत्सव एवं महायज्ञमा सहभागि भई मन फुकायर सहयोग गरेको उनले जनाए । संकलित उक्त रकम समितिले विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्ने भएको उनले जनाए ।

समितिले मन्दिरमा वली प्रथालाई कम प्रथामिकता दिदै आएको सन्दर्भमा यस बर्ष दशैंको अवसरमा करिब १३ वटा वोका मन्दिरमा वलि चढाइएको बताइन्छ । केही बर्ष अघि भने दशैंको अवसरमा मन्दिरमा एक सय को हाराहारीमा वली दिदै आएको पाइन्थ्यो ।

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पु¥याउने उद्धेश्यले महोत्सवलाई निरन्तरता दिदै आएको अध्यक्ष श्रेष्ठले बताए । महायज्ञ प्रत्येक दिन विहान ९ बजे देखि मध्याहः १२ बजेसम्म र मध्यान्हः ११ बजेबाट अपरान्हः ४ बजेसम्म संचालन भएको थियो ।

विजया दशमीको अवसरमा मन्दिरमा बिहान ४ बजे देखि पूर्वान्हः ५ बजेसम्म नित्य पुजा आजा गर्ने व्यबस्था समितिले मिलाएको समितिका सचिव तिर्थ श्रेष्ठले बताए । मन्दिरमा हरेक  साँझ ६ बजे आरती समेत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button