तनहुँका मिर्गौलापीडित श्रेष्ठलाई ३ लाख सहयोग

पोखरा न्यूज -२४, असोज । दुवै मिर्गौला फेल भई काठमाडौँमा उपचार गराइरहेका तनहुँको म्याग्दे गाउँपालिका–५ थर्पुका सोमनारायण श्रेष्ठलाई थर्पु नेवा खलको सक्रियतामा सङ्कलित रु तीन लाख २३ हजार सहयोग गरिएको छ ।

छ महीनाअघि मिर्गौला फेल भएर डायलासिस गराइरहेका श्रेष्ठको मस्तिष्कमा पनि समस्या देखिएपछि शल्यक्रिया गरिएको छ । हाल उनको काठमाडाँस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेवा खलको सक्रियतामा रकम सङ्कलन अभियान सञ्चालन गरिएको निवर्तमान अध्यक्ष एवं तनहुँ उद्योग वाणिज्य सङ्घ थर्पु बजार एकाइका सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार पहिलो चरणमा सङ्कलन भएको उक्त रकम पीडितलाई प्रदान गरिसकिएको साथै रकम सङ्कलन अभियान जारी रहेको छ । “श्रेष्ठको उपचारका लागि देश तथा विदेशबाट सहयोग आउनेक्रम जारी छ”, उनले भने , “पीडितको आर्थिक अवस्था दयनीय रहेकाले थप सङ्कलन भएको रकम हस्तान्तरण गर्नेछौँ ।”

थर्पुस्थित मीन माध्यमिक विद्यालयका सहायक कर्मचारी श्रेष्ठलाई कल्याणकारी कोषमार्फत् पनि रु ५२ हजार सहयोग प्रदान गरिएको थियो । यस्तै न्यु भिजन युवा क्लबको सक्रियतामा सङ्कलित रु ३० हजार ७ सय ९० पीडितका आफन्तलाई प्रदान गरिएको क्लबका अध्यक्ष सन्दीप रानाभाटले जानकारी दिए ।

“पीडितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले जामुने बजारमा अभियान सञ्चालन गरेका थियौँ,” रानाभाटले भने , “स्वःस्फूर्तरुपमा सङ्कलन भएको रकम पीडितका आफन्तलाई हस्तान्तरण गरेकाछौँ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button