सामाजिक अभियान्ता जन्माउने धुर्मुसको अभियान

आर.आर. पौडेल, पोखरा न्यूज – २५, असोज । हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मस सामाजिक अभियान्ता जन्माउने अभियानमा छन् ।

उनी आफु पुग्ने कार्यक्रम मार्फत सामाजिक कार्यमा लाग्न सबैलाई सुझाउने गर्दछन् । कुञ्जना घिमिरे सुन्तलीको साथमा पोखरामा भेटिएका उनले युवा व्यवसायिलाई सामाजिक कार्य समेत गर्न सुझाए । आफु सामाजिक अभियान्ता जन्माउनैका लागिनै पोखरा आएको भन्न भ्याए ।

कुञ्जना घिमिरे सुन्तलीले अब नारी शक्तिशाली हुदै जानुपर्ने भन्दै उपस्थित महिलाहरुको ध्यान खिचिन् । कलाकारीताको माध्यमबाट उदाएका धुर्मुस र सुन्तली पछिल्लो समयमा सामाजिक अभियान्ताका क्रियाशिल छन् ।

उनीहरुको क्रियाशिलता धेरैको लागि प्रेरणा हुन्छ । सोही कारण पनि युवाहरुले सञ्चालन गर्ने कार्यक्रममा उनीहरुलाई बोलाउन चलन बढेको छ । यस्ता कार्यक्रममा पुगेर उनीहरुले सामाजिक कार्यमा अगाडी बढ्न उत्साह थप्ने गर्छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button