पोखरामा ३ हजार भन्दा बढीमा डेंगु भेटियो

दीननाथ बराल, पोखरा न्यूज -०६, कार्तिक । पोखरामा हिजो/आज डेंगु संक्रमण घट्दो क्रममा रहेको छ । एकै दिनमा १ सय ११ जनासम्म पोखरामा डेंगु संक्रमण भेटिए पनि हिजो आज डेंगु संक्रमण धेरै कम हुँदै  घट्दो क्रममा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सिनियर मेडिकल अपिसर डा. भोजराज गौतमले बताए ।

उनका अनुसार बुधबारसम्म पोखरामा यस बर्ष ३ हजार ९१ जनामा डेंगु संक्रमण देखिएको छ । उनले भने “ पोखरामा यस बर्ष अघिल्लो बर्षको तुलनामा धेरै व्यक्तिमा डेंगु संक्रमण भेटियो, यस बर्ष डेंगु संक्रमण अघिल्ला बर्षको तुलनामा एक/डेढ महिना अघि नै देखिएसंगै यस बर्ष धेरै डेंगुका बिरामी भेटिएको हो । ”

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, महानगरका वडाहरु, स्थानिय आमा समुह, क्लव तथा विभिन्न संघ संस्थाको सामुहिक प्रयासले पोखरामा डेंगु क्रमण धेरै कम हुदै आएको आज दैनिक जसो १५/२० जनामा अझै पनि देखिएको डा.गौतमले बताए । पोखरा महानगरपालिका वडा नम्बर ८, ९, ५ र १७ मा बढी डेंगु संक्रमण देखिएको उनले जनाए । डेंगु संक्रमणमा सागका खेलाडी देखि, सुरक्षाकर्मी, पत्रकार लगायतका धेरै क्षेत्रका व्यक्तिहरुलाई यसले प्रभाव पार्यो ।

उनले भने“ अझै करिब दुई हप्ता जसो डेंगुको उपयुक्त समय भएको हुदा हामीले सावधानीका उपाय अपनाउनु पर्छ, लामखुट्टेको बासस्थान तथा लार्वा नष्ट पार्ने कामलाई निरन्तरता दिनुपर्छ । ” डेंगु संक्रमणको परिक्षण गर्ने टेष्ट किड पोखराका सामुदायिक हस्पतालमा करिब एक हजार पर्ने गर्छ भने अन्य निजी हस्पतालमा दुई हजारसम्म पर्ने बताए ।

पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालका अनुसार हाल दैनिक जसो विभिन्न टोलमा टोल सुधार समिति, आमा समुह, स्वास्थ्यकर्मी, प्रहरी प्रशासन, जनप्रतिनिधि लगायतको सहयोगमा डेंगु सचेतना तथा माइकिङ एवं परामर्श दिदै हिड्ने गरेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button