कास्कीमा हिँउ पहिरोमा पुरिदा एकको मृत्यु , २ को उद्दार

पोखरा न्यूज – ०६ , कार्तिक । कास्कीमा हिँउ पहिरोले पुरिदा एक जनाको ज्यान गएको  छ ।

कास्कीको अन्नपुर्ण गाउँपालिका- ११ देउराली बेस क्याम नजिकैको  बगरमा हिँउ पहिरोमा पुरिएका पोखरा पर्स्याङका १८ बर्षीय  संजय खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधवार करिब ११:४८ बजेको समयमा हिंउको चट्टान फुटी पुरिएका खनालको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

रेग्मी अनुसार पहिरोमा पुरिएका पोखरा -११ फुलबारीका   २० बर्षीय सन्तोष वास्तोला र पोखरा -५ पर्स्याङका १८ बर्षीय निरञ्जन कोइरालालाई उद्दार गरी पोखरा ल्याइएको छ । उनीहरुको मणिपाल अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले उल्लेख गरेको  छ ।

घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ   ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button