पोखरामा सुन पसलको ३३ तोला सुनसहित भारतीय युवक वेपत्ता

पोखरा न्यूज – ०७, कार्तिक । पोखरामा सुन पसलको ३३ तोला सुनसहित एक भारतीय युवक वेपत्ता भएका छन् ।

भारत कलकत्ता घर भई पोखरा -९ न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रालिमा काम गर्ने ३६ बर्षीय रञ्जन राजवंशी बुधवार दिउसो ३३ तोला सुनसहित सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ ।

प्रालिबाट ३३ तोला सुन लिएर पोखरा-८ सिर्जनाचोकस्थित गहना बनाउने ठाँउमा  हिडेका राजवंशी सुनसहित सम्पर्क बिहिन भएको गण्डकी प्रदेश  प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button