बृज सिमेन्ट खरिदमा बिमादेखि विदेश भ्रमण सम्मको उपहार योजना

दीननाथ बराल, पोखरा न्यूज- ८, कार्तिक । बृज सिमेन्ट खरिद गर्दा कम्पनीले ५ लाखसम्मको बिमा देखि विदेश भ्रमण सम्मको उपहार योजना ल्याएको छ । आम उपभोक्तालाई आकर्षण गर्न कम्पनीले बिमा योजना सहित विभिन्न उपहार योजना ल्याएको कम्पनीका सेल्स तथा मार्केटीङ म्यानेजर नुमेन्द्र पौडेलले बताए ।

उनका अनुसार न्यूनतम २५ वोरा सिमेन्ट खरिदकर्ताले एक बर्षको ५ लाखसम्मको बिमा योजना प्राप्त गर्ने  छन् । एक वोरा सिमेन्ट खरिद गर्दा ४ अंक प्राप्त गर्ने सिस्टम कम्पनीले ल्याएको छ । कम्पनीले शुक्रबार पोखरामा दिपावलीको शुभकामना आदान प्रदान तथा ठेक्दारहरुसंगको भेटघाट कार्यक्रम समेत आयोजना गरेको कम्पनी ब्राण्ड अफिसर  पहिल बहादुर शाहीले बताए । एक्सपोर्ट च्वाइस मिसन क्लव संचालन गरेको कम्पनीले क्लवमा आवद्ध हुदा प्रति एक वोरा खरिद कर्तालाई ४ अंक दिने गरेको हो । २५ वोरा खरिद गर्दा एक सय अंक दिने गरेको उनले जनाए । कार्यक्रममा सहभागि हुनेले भने १ सय अंक पाउने  उनले बताए

४ सय २५ वोरा सिमेन्ट प्रयोग गर्दा १ हजार ७ सय अंक प्राप्त गर्ने जसमा थाइल्याण्ड, दुवई लगायतका भ्रमणसमेत प्याकेज राखेको उनले जनाए । सिमेन्ट प्रयोग गरेको अंकको आधारमा विभिन्न उपहार योजना दिने भएको छ ।

कम्पनीले  सिमेन्टको गुणस्तरमा कुनै कमी हुन नदिने दाबी समेत गरेको छ । सिमेन्ट प्रयोककर्ताले दिएको सुझावको आधारमा कप्पनी अघि बढ्ने भएको शाहीले जनाए । डिलरको मान्छेले मात्रै सिमेन्ट बिक्रिको मुनाफा तथा विभिन्न उपहार योजना पाउने भएको अबस्थामा यस पटक आफुहरुले सिमेन्ट प्रयोककर्ता विभिन्न कम्पनीका ठेकदारलाई नै केन्द्रित हुने गरी उक्त कार्यक्रम गरिएको उनले बताए ।

कम्पनीले यस अघि देशका विभिन्न शहरहरुमा ठेकदार मिट कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button