पोखरामा साग गेम सफल पार्न लागिपर्छौ : मुख्यमन्त्री गुरुङ

दीननाथ बराल, पोखरा न्यूज – ०९, कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशको इज्जतको लागि पनि दक्षिण एसियाली खेलकुद (साग) पोखरामा सम्पन्न गर्न प्रदेश सरकार लागि पर्ने बताएका छन्।

पोखरा न्यूजडटकमको समृद्धि बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले संघिय सरकारले प्रदेश सरकारलाई सागको बिषयमा वास्ता  नगरे पनि प्रदेश र दुनियाको इज्जतको लागि साग सम्पन्न गर्न प्रदेश सरकार लाग्ने बताएका हुन्।

उनले भने“ आलोचना पछि गरौंला, दुनियाको इज्जतको लागि काम गर्नुपर्नेछ, केही दिनपछि साग गेमको बारेमा योजनाबद्ध ढंगबाट अघि बढ्नेछौं ।” पोखरामा एक अर्व २८ करोडको लागतमा निर्माण हुँदै गरेको पोखरा रंगशाला फुटबल स्टेडिएमको निर्माणको गति हेर्दा हाल ठेकेदारलाई धन्यवाद दिनुपर्ने अवस्थाले तिव्र गतिमा काम भएको उनले जनाए ।

राखेप सदस्य राजेशकुमार गुरुङले आफुलाई पोखरा फुटबल स्टेडिएको बारेमा प्रगती विवरण जानकारी गराउदै आएको मुख्यमन्त्री गुरुङले जनाए । पोखरामा हुने सागका खेलहरु काठमाण्डौं भन्दा राम्रो र व्यवस्थित पार्नेगरी आफुहरुको सागमा ध्यान केन्द्रित हुने उनले जनाए ।

संघिय सरकार दक्षिण एसियाली खेलकुद (साग) को गेममा चिप्लेकिरा गतिमा भएको टिप्पर्णी गरे । मंसिर १५ देखि गण्डकी प्रदेशको राजधानि पोखरामा सागका ९ वटा खेलहरु हुने भएपनि संघिय सरकारले पोखरामा प्रदेश सरकारसंग समन्वय नगरी पुरानै ढंगले काम गरेको आरोप लगाए ।

अन्तिम घडिमा आएर प्रदेशको सामाजिक विकास मन्त्रीलाई जिम्मा दिएर मात्रै जिम्मेवार पुरा हुन नसक्ने उनले बताए । उनले भने “कुन संरचना कुन निकायले बनाउने, पोखरा महानगरपालिकाले कति लगानी गर्ने, संघिय सरकारले कति काम गर्ने यसको बिषयमा कुनै छलफल नै भएको छैन् ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button