चलचित्र ‘जिउँदो’ को दोस्रो गीत सार्वजनिक

पोखरा न्यूज – १०, कार्तिक ।, चलचित्र ‘जिउँदो’ को दोस्रो गीत सपना मेरो सार्वजनिक गरिएको छ । नेपाल र भारतका कलाकारहरु समेटिएको चलचित्रको यसअघि नै रमाइलो चौतारी शीर्षकको प्रमोसनल गीत सार्वजनिक भइसकेको छ ।

ओएसाअर डिजिटलमार्फत सार्वजनिक गरिएको भिडियो गीतमा अभिषेक गज्मेरले आवाज दिएका छन् भने सङ्गीत तथा शब्द प्रबिन गज्मेर र विवेक गज्मेरको रहेको छ ।

लभ ब्यालेडका रुपमा प्रस्तुत उक्त गीतमा चलचित्रका दुई मुख्य कलाकार आकाश र जोली प्रेमपुर्ण भावसहित रोमान्सको मुड भएको देखाइएको छ । उत्कृष्ट शब्द सङ्गीतसहित कलाकारको निकै जीवन्त अभिनय रहेको भिडियोक्क सम्पादन भने श्रवण लम्जेलले गरेका हुन् । रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा निर्माता रहेको चलचित्रको निर्देशन भने आल्मिस्ट सुब्बाले गरेका छन् ।

नेपालको पुर्वी भाग र भारतमा समेत छायांकन गरिएको उक्त तस्वीरमा थुप्रै स्थानीय कलाकारहरुलाई मौका दिइएको छ । भिडियो रिलिजसँगै चलचित्र “जिउँदो” को टिमले स्थानीय कलाकारको कलाको सम्मान तथा आफ्नै स्थानीय चलचित्र र गीत संगीतलाई माया गरिदिन पनि अनुरोध गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button