अब पोखरा चिप्लेढुंगामा कार्यक्रम गरे १५ हजार जरिवाना

दीननाथ बराल, पोखरा न्यूज-१७,कार्तिक । पोखराको चिप्लेढुंगाको चौतारी अगाडि कुनै कार्यक्रम गरे १५ हजारसम्म जरिवाना गरिने भएको छ ।

पोखरा महानगरपालिकाले चिप्लेढुंगा क्षेत्रमा कार्यक्रम गर्न प्रतिबन्द लगाएको अवस्थामा यदी कसैले अटेर गरि जवरजस्ती चिप्लेढुंगाको चौतारी अगाडि कुनै पनि कार्यक्रम गरे पोखरा  महानगरले १५ हजार रुपैयासम्म जरिवाना गर्न  महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले बताए ।

गत कात्तिक ७ गते पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले फुटपाथ अतिक्रमण गरेर राखिएका सामग्री हटाउने निर्णयसंगै पृथ्वीचोकस्थित सस्तो बजार अगाडि माइक्रो स्टेसनलाई हटाइ फुटपाथ खाली गराउने निर्णय पनि गरेको छ ।

पोखराको मानव अधिकारचोक क्षेत्रमा कुनै पनि कार्यक्रम नगर्न स्थानिय विभिन्न संघ संस्थाहरुले आव्हान गर्दै आएका थिए । ध्वनी प्रदुषण र कुनै कार्यक्रम हुदा सडक अवरुद्ध हुदा धेरै यात्रुले सास्ती भोग्नु परेको थियोे ।

केही समय अघि क्षेत्रीय दिवसको अवसरमा पोखराको मानवअिधकारचोक (पोखरा ट्रेड मल अगाडी) आयोजना भएको कार्यक्रममा स्टेज हटाउन सामान्य हात हालाहालको स्थिती समेत भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button