साइनाइड मिश्रित प्रसाद खुवाएर १० को हत्या गर्ने पक्राउ

पोखरा न्यूज – २१, कार्तिक । भारतमा सन् २०१८ मा साइनाइड मिसाएको प्रसाद खुवाएर १० जनाको हत्या गर्ने एक जनालाई प्रहरी पक्राउ गरेको छ । हत्याराले मृतकको पैसा, सुन र चाँदी पनि लुट्ने गरेको प्रहरीले आरोप लगाएको छ ।

भेलान्की सिम्हाड्री नाम गरेका ३८ वर्षिय आरोपितले भारतको आन्ध्र प्रदेशमा २०१८ को फेब्रुअरी देखि २०१९ को अक्टोबरसम्म प्रसादमा साइनाइड नामक विष प्रयोग गरेर हत्या गरेको स्वीकारेका छन् । सिम्हाड्रीले हिन्दु र सिख भक्तजनलाई प्रसाद भन्दै झुक्याएर साइनाइड विष खुवाएका थिए । उनले हत्या गरेका १० मध्ये ९ को साथमा रहेका सम्पत्ति चोरेका पनि प्रहरीले जनाएको छ ।

प्रहरीले सिम्हाड्रीलाई जग्गा कारोबारमा ठूलो ऋण लागे पछि त्यो ऋण तिर्न यस्तो अपराधमा सामेल हुन थालेको जनाएको छ । उनले पीडितको औँठी, साथमा रहेको नगद सुनका गहना लगायत चोर्ने गरेको जनाइएको छ । चोरीबाटै उनले इलुरुमा एक घर किनेको र अर्को बनाएको पनि प्रहरीले उल्लेख गरेको छ ।

हत्याराबाट प्रहरीले १ लाख ६३ हजार भारतीय रुपैयाँ नगद र प्लास्टिकको स-साना टिनमा राखिएको साइनाइड पनि बरामद गरेको छ । हत्यारालाई साइनाइड उपलब्ध गराएको आरोपमा प्रहरीले सेख अमिनुल्लाह बाबू नाम गरेका ६० वर्षीय पुरुषलाई पनि पक्राउ गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button