पोखरामा ३५ करोडको लागतमा स्विमिङ पुलसहितको लज संचालनमा

दीननाथ बराल, पोखरा न्यूज –२२, कार्तिक ।  समुद्री सतहदेखि एक हजार ६ सय मिटरको उचाईमा पोखराको सराङकोटमा  रुफटप स्विमिङ पुलसहितको सराङकोट माउण्टेन लज संचालनमा आएको छ ।

पोखराको मुख्य बजार देखि करिब साढे १३ किलोमिटर टाढा रहेको उक्त लजको चार तले भवनको माथिल्लो भागबाट माछापुच्छ्रे, अन्नपूर्ण सहितको हिमश्रृखला देखिने स्विमिङ पुलसहितको उक्त लज संचालनमा आएको लजका व्यवस्थापक प्रदीप न्यौपानेले बताए ।

साहसिक खेल जिप फ्लायर भन्दा करिब ५० मिटर नजिकै सराङकोट डाँडामा रहेको उक्त लजका अधिकाशं रुमबाट हिमाल, हेम्जा फाँट सहितको बजार, हरियो वनजंगल, पोखरा, फेवाताल लगायतको दृश्य अवलोकन गर्न सकिने भएको उनले बताए । होटल बाराहीका संचालक विप्लव पौडेल सहित युवा पर्यटन व्यवसायी नारायण पहारीको लगानीमा होटल बाराहीले उक्त लज संचालन गरेको हो ।
उक्त लजमा दुई वटा सुइट रुम सहित ३० वटा रुमहरु रहेको संच एक विप्लव पौडेलले बताए ।

लजमा २८ वटा डिलक्स रुमहरु रहेका छन् भने उक्त लज स्थानीय ढुंगा, माटो सहितको पुरानो शैलीमा निर्माण भएको उनले जनाए । उनले भने “पोखरामा दिगो पर्यटनको लागि हामीले लगानी गरेका हौं, पोखरामा गुणस्तरिय पर्यटकहरुको लागि सराङकोटको उक्त डाँडा क्षेत्रमा होटलहरुको अभाव भएकोले हामीले त्यसैलाई मध्यनजर गरी लजमा ठुलो लगानी गरेका हौं । ” उक्त होटलमा करिब ३५ करोड लगानी भएको पौडेलले बताए । उनका अनुसार लजमा ८० जना क्षमताको सभाहल, स्पाः मसाज, ५४ जनाा क्षमताको रेष्टुरेण्ट, बार, लाउन्ज रुमको सुविधा भएको छ ।

केही महिनामा संचालनमा आउने केबलकारसमेत उक्त लज देखि नजिक हुने व्यवस्थापक न्यौपानेले बताए । उक्त लज करिब दुई बर्षमा निर्माण सम्पन्न गरिएको हो । ३२ जनालाई रोजगार दिएको उक्त लजले ४० प्रतिशत स्थानीयलाई रोजगारीको अवसर प्रदान गरेको छ । हाल उद्घाटनको अवसरमा लजले जोडीको एक रातको १० हजार, एकलको ८ हजार रुपैया शुल्क निर्धारण गरिएको व्यवस्थापक न्यौपानेले जनाए । उनका अनुसार विदेशीको लागि जोडीको १ सय २० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ । नेपाली, भारतीय, कन्टीनेन्टल, चाइनिज खानाको व्यबस्था हुने व्यवस्थापक न्यौपानेले बताए ।

लजले हाल बोरिङ समेत संचालन गरेको छ । बोरिङ १४ घण्टा चल्दा ४० हजार लिटर पानी उपलब्ध हुने भएको व्यवस्थापक न्यौपानेले बताए । करिब ३० लाखको लगानी भएको उक्त बोरीङबाट करिब ३० प्रतिशत स्थानीयलाई पानीको व्यवस्थासमेत मिलाएको ब्यवस्थापक न्यौपानेले बताए । उनले भने “ हामीले दुई दिनको बसाई लम्ब्याउने गरी, यो होटल संचालन गरेका हौं, पोखराको मुख्य बजार देखि साँढे १३ किलोमिटर टाडा रहेको यस होटल दृश्यावलोकनको लागि निकै रमणिय रहेको छ ।”

लज देखि नजिक रहेको कास्कीकोट दरबार, ठुलीपोखरी, जंगल वाक, छोटो हाइकिङ (लज देखि तोरीपानी, नौडाँडासम्म) को क्षेत्रमा पर्यटकहरुलाई घुमफिर गर्न सकिने भएको न्यौपानेले जनाए । लजबाटै जिप फ्लायर, प्याराग्लाईडिङ, चराचुरुङगी अवलोकन, साइकिलिङ गर्न सकिने भएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button