पोखरामा हुने मिस तामाङको तयारी शुरु

आर.आर. पौडेल , पोखरा न्यूज –२२, कार्तिक । पोखरामा हुने मिस तामाङ पोखराको तयारी शुरु गरेको छ । बैदाम तामाङ समाज पोखराले २८५६ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो पाँचौ संस्करण हो ।

मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । प्रतियोगिताका लागि देशभरकै तामाङ समुदायका युवतीहरुलाई सहभागिताका लागि आह्वान गरिएको प्रतियोगिता संयोजक तथा मिस तामाङ २०१८ का विजेता कविता योञ्जनले जानकारी दिए ।

पोखरा सभागृहमा माघ ४ गते शनिवार हुने प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन ।

प्रतियोगिहरुलाई ४५ दिन लामो व्यक्तित्व विकास, भाषा तथा संस्कारका विषयमा तालिम प्रदान गरिने छ । मंसिर १ गते सम्म फाराम भर्ने समयवाधी तोकिएको छ । साथै पोखरा बाहिरको प्रतियोगिको लागि बस्ने सुविधा व्यवस्था गरिएको समाजका कोषाध्यक्ष जयन्ती मोक्तानले जानकारी दिए ।  सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङले ताज पहिरिन सफल भएकी थिइन् ।

नारीलाई निकै महत्वपूर्ण स्थान दिने तामाङ जातीको छोरी चेलीहरुको व्यक्तित्व र नेतृत्व विकास गरि उनिहरुको प्रतिभालाई प्रस्फुटन गर्न हरेक वर्षझैँ यो वर्ष पनि बैदाम तामाङ सेवा समाजले विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ५ औँ मिस तामाङ पोखरा २०२० आयोजना गरेको आयोजकको दावी छ । समृद्धशिल तामाङ समुदायको कला, भाषा, भेषभुसा, संस्कृति र परम्परा युवा पुस्तालाई सिकाई संस्कृती हस्तान्तरण गर्ने यो एउटा प्रयास भएको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button