दीननाथ बराल, पोखरा न्यूज –२२, कार्तिक । हरिबोधिनी एकादशी (ठुलाएकादशी) पर्वको अवसरमा पोखरामा स्थानीय आमा समुहका केही महिलाहरुले फुटपाथे व्यवसायीहरुसँग रकम असुलेका छन्।
आफुहरुले स्थानीय स्तरमा सरसफाई गर्ने भन्दै शान्ति जलारीको समुहले फुटपाथे व्यवसायीहरुसँग शुक्रबार एक सय देखि २ सय रुपैयासम्म असुलेका हुन्। उमा शंकरलगायतका फुटपाथे व्यवसायीहरुसँग आमा समुहका केही सदस्यले सादा विलमा व्यवसायीको नाम र रकम मात्र उल्लेख गरी रकम उठाएका थिए । किन विल भरपाई विना रकम असुलेको भन्ने प्रश्नमा उनीहरु सरसफाईको लागि भन्दै प्रतिक्रिया दिएका थिए ।
हरिबोधिनी एकादशीको अवसरमा पोखराको तुल्सीघाट क्षेत्रमा हस्तकला देखि कन्दमुल, फलफूल तरकारी र दैनिक उपभोग्य बस्तुको बिक्रि गर्ने व्यवसायीहरुले फुटपाथ तथा सडक छेउ छाउमा व्यापार गरेका थिए । आमा समुहले सादा बिलमा मनपरी ढंगले फुटपाथे व्यवसायीहरुसँग रकम अशुलेको एक व्यवसायी उमा शंकरले गुनासो गरे ।
यसैबीच हरिबोधिनी एकादशीको अवसरमा नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिले आव्हान गरेको सहयोग संकलनबाट करिब ३ लाख रुपैया संकलन भएको समितिका अध्यक्ष रामजी प्रसाद कोइरालाले बताए । विना बिल भर्पाई जो कसैले रकम अशुल्न नहुने उनले जनाए ।
आफुहरुले ५ सय भन्दा बढी सहयोग गर्नेलाई सहयोग रसिद र कम सहयोग गर्नेलाई दानपेटिकामा राख्ने गरी सहयोग संकलन गरेको उनले जनाए । स्थानिय जगतकृष्ण कर्मचार्यले ५० वोरा सिमेन्ट दिने भएको समितिले जनाएको छ । समितिले डेढ करोडको लागतमा क्रीयापुत्री भवन बनाउने योजना अघि सारेको छ ।