पोखरा न्यूज- २४ कार्तिक । पोखराबाट जाँदै गरेको यात्रुवाहक बसलाई पर्यटक बसले ठक्कर दिँदा ९ जना घाइते भएका छन् ।
तनहुँको आबुखैरेनिमा लु १ ख ४१९५ नम्बरको यात्रुवाहक बसलाई सोहि दिशाबाट आउँदै गरेको ग १ प १८५ नम्बरको पर्यटक बसले पछाडीबाट ठक्कर दिँदा लु१ख ४१९५ नम्बरको बसमा सवार ९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि गोरखा धुवाकोट घर भई चितवन रामपुर बस्ने वर्ष २४ की सम्झना परियार, स्याङजा फेदिखोलाका ७५ बर्षीय ज्ञान बहादुर रानाभाट, चितवन -१५ का ३८ बर्षीय अमृत परियार, तनहुँ बन्दिपुरका ६४ बर्षीय लिला प्रसाद लामिछाने तथा ३० बर्षिया शोभा लामिछाने, बुटवल -३ का ७४ बर्षीय खड्क बहादुर गुरुङ, र म्याग्दी दर्बाङ ५ का ८० बर्षीय दल बहादुर पुन, घाइते भएका छन् । उनीहरु सबैलाइ उपचारको लागि छिम्केश्वरी अस्पताल तनहुँमा पठाइएको र उनीहरुको अवस्था मध्यम रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी दुर्घटनामा लम्जुङ मध्यनेपाल -४ कि २ बर्षीय बालिका पल्पसा घिमिरे र तनहुँ बन्दिपुर -६ कि १ महिनाकी नावालिका एपिसा गुरुङ घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेको जनाइएको छ
प्रहरीले दुबै बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएको छ ।