दीननाथ बराल, पोखरा न्यूज- २५ कार्तिक । हाल अष्ट्रेलियामा बसोवास गर्दै आएका प्रेमकाजी तमु र नम्रता तमुले स्वर्गीय आमा बासु तमुको स्मृतिमा १ लाख २५ हजारको अक्षयकोष स्थापना गरेका छन्। उक्त रकम सोमबार पोखरामा एक समारोहकाबीच हस्तान्तरण गरिएको हो ।
प्रेमकाजी र नम्रताका बाबु गज बहादुर तमु र कान्छी आमा सुनारी तमुले तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र बहादुर तमु, सल्लाहकार तेज बहादुर गुरुङ, निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, प्रथम उपाध्यक्ष श्रीजंग गुरुङ, सचिव भेष बहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन।
सविता गुरुङको समन्वयमा संकलन भएको उक्त रकम सरद गुरुङले ल्याएको सदस्य मनिलाल गुरुङले बताए । प्रतिष्ठानले गरिब तथा जेहेन्दार छात्र/छात्रालाई हरेक बर्ष छात्रवृत्ति वितरण गर्दै आएको निवर्तमान अध्यक्ष चिजकाजी गुरुङले बताए ।
प्रतिष्ठानले हाल १७ जिल्लाका ९ देखि १२ कक्षासम्म अध्ययन गर्ने एक सय जना छात्र/छात्रालाई छात्रवृत्ति वितरण गर्दै आएको अध्यक्ष गुरुङले जनाए । प्रतिष्ठानले श्रष्ठा सम्मान सहितका सामाजि कार्य गर्दै आएको छ ।