सिङ्गल्स डे सेल्सको ९ घण्टामै अलिबाबाको २४ अर्बको व्यापार

पोखरा न्यूज- २५ कार्तिक । चिनियाँ कम्पनी अलिबाबाले सिङ्गल्स डे भनिने नोभेम्बर ११ तारिखको मेगा सेल्सको पहिलो ९ घण्टामै २४ अर्ब डलरको बिक्री-व्यापार गरेको छ । यो अलिबाबाको अमेरिकी प्रतिद्वन्दी कम्पनी अमेजनले पछिल्लो चौमासिकमा भरी गरेको कुल कारोबारको दुई तिहाई बराबर हो ।

अलिबाबाले अघिल्लो वर्षको सिङ्गल्स डेमा ३० अर्ब डलर बराबरको कारोबार गरेको थियो जुन अघिल्लो वर्षको कारोबार भन्दा २७ प्रतिशतले धेरै हो । यस वर्ष भने कारोबार रकममा वृद्धि भए पनि कारोबार वृद्धिदर भने २७ प्रतिशत भन्दा कम हुने अलिबाबाले पुर्वानुमान गरेको छ । अलिबाबाले यो वर्षको महा सेलमा ५० करोड जनाले सहभागिता जनाउने अनुमान गरेको छ जुन पछिल्लो वर्षको भन्दा १० करोडले वृद्धि हो ।

सन् २००९ देखि सुरु भएको सिङ्गल्स डे सेल्स विश्वकै सर्वाधिक ठूलो अनलाइन सेल्स इभेन्टका रुपमा स्थापित भएको छ । अमेरिकाको अमेजन कम्पनीले पनि यस्तै महा सेल्स उत्सव मनाउने गरेको छ तर अमेजनको साइबर मन्डे र ब्ल्याक फ्राइडे जस्ता मेगा सेल्स इभेन्टमा सिङ्गल्स डेको तुलनामा एक चौथाई मात्र कारोबार हुने गरेको छ ।

डबल इलाभेन पनि भनिने यस वर्षको महा सेल्स इभेण्ट अमेरिकी गायिका टेलर स्विफ्टको प्रस्तुतीसँगै सुरुआत भएको थियो । त्यसपछि १ हजार भन्दा बढी ब्रान्डको लाइभ स्ट्रीम मार्केटिङ गरिएको थियो । अनलाइन व्यापारमा कमी आउँदा अलिबाबाले यस वर्ष चीनको कम विकसित क्षेत्रलाई विशेष महत्व दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button