• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक बढे

विज्ञापन
रासस-रासस
कार्तिक २५, २०७६
नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक बढे

photo-XIESHOUTIANYA

पोखरा न्यूज- २५ कार्तिक ।  नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको सङ्ख्या बढेको छ । सन् २०१९ को अक्टोबर महिनामा मात्रै चीनबाट १५ हजार ३७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो सङ्ख्या गत वर्ष सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी हो ।

बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । उक्त अवधिमा चीनबाट एक लाख ६० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को अक्टोबरमा भारतबाट १२ हजार ७ सय ६ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्ष सोही अवधिको तुलनामा नौ प्रतिशतले बढी हो ।

Loading...

अक्टोबरमा चिनियाँ पर्यटक बढे पनि नेपालमा कूल पर्यटक आगमनमा छिमेकी मुलुक भारत अगाडि छ । सन् २०१९ को दश महिनामा १ लाख ६९ हजार ९ सय ५२ भारतीय पर्यटक नेपाल आएका छन् । उक्त अवधिमा चीनबाट एक लाख ३४ हजार २ सय  ८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोवरमा कूल १ लाख ४३ हजार ८ सय ७० विदेशी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको सोही अवधिमा १ लाख ३० हजार ७ सय ४ पर्यटक आएका छन् ।

भारत नेपालको पर्यटनका लागि मुख्य स्रोत बजार हो भने चीन दोस्रो स्थानमा पर्छ । नेपालमा सबैभन्दा बढी पर्यटक भित्रने मुलुकमा भारत पर्छ । सन् २०१८ मा दुई लाख ४ सय ३८ भारतीय नागरिकले नेपाल भ्रमण गरेको बोर्डको विवरणमा उल्लेख छ ।

गत अक्टोबरमा (असोज २५ र २६ गते) चीनका राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिवसीय राजकीय भ्रमण गरेका थिए । उक्त भ्रमणपछि चिनियाँ पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । अक्टोबरमा भारतीय पर्यटकको तुलनामा चिनियाँ पर्यटक बढेको भएको बोर्डले जनाएको छ ।

विश्व भ्रमणमा धेरै पर्यटक निस्कने मुलुक चीनबाट अझै पनि बढी पर्यटक नेपालमा भित्र्याउन सकिएको छैन । वार्षिक १५ करोड चिनियाँ विश्व भ्रमणमा निस्कने बताइएको छ । त्यसको केही हिस्सा नेपाल ल्याउन सके पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान हुने बताइन्छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीनबाट मात्रै पाँच लाख पर्यटकलाई स्वागत गर्ने सरकारको तयारी छ ।

दश महिनामा दश लाख पर्यटक

सन् २०१९ को १० महिनामा झण्डै १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । अध्यागमन विभागलाई उद्धृत गर्दै बोर्डले उपलब्ध गराएको तथ्याङ्ककअनुसार सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म कूल ९ लाख ७५ हजार ५ सय ५७ विदेशी पर्यटक नेपाल आएका छन् ।

कूल पर्यटकमध्ये हवाई मार्ग भएर आठ लाख २० हजार ४ सय  ९९ र स्थलमार्गबाट एक लाख ५५ हजार ५८ पर्यटक नेपाल भित्रिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले वृद्धि हो । सन् २०१८ को १० महिनामा नौ लाख तीन हजार ५ सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पर्यटक आगमनको उक्त अवधिमा युरोपबाट एक लाख ९९ हजार तीन पर्यटक आएका छन् । युरोपबाट गत वर्ष एक लाख ९८ हजार ४ सय ९३ पर्यटक नेपाल आएका थिए । अमेरिका र क्यानडाबाट ९२ हजार २७२ पर्यटक आएका छन् ।

एशियाली मुलुकबाट झिनो सङ्ख्यामा पर्यटक बढेका छन् । खासगरी चाइनिज ताइपेई र थाइल्याण्डबाट क्रमशः ३९.५ र ३२.९ प्रतिशत बढी पर्यटक आएको आँकडाले देखाएको छ । ताइपेईबाट ११ हजार ३ सय ८४ र थाइल्याण्डबाट ३९ हजार ६  सय ८ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

पर्यटक आगमनको समग्रतालाई हेर्दा दक्षिण एशियाली मुलुक भारत, चीन र बङ्गलादेशबाट २५.६५ प्रतिशतले वृद्धि भएको छ । एशियाली मुलुकबाट २६.५९ प्रतिशत, युरोपका मुलुकबाट २०.४ प्रतिशत पर्यटक बढेको पाइएको छ ।

सरकार तथा निजी क्षेत्रको पहल, नेपाली कूटनीतिक नियोग, सञ्चारमाध्यमलगायत सरोकारवालाको सक्रियताले विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा

    बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा

    कार्तिक २५, २०७६

    बंगलादेशका राष्ट्रपतिको पोखरा भ्रमणले पर्यटन प्रवर्द्धन हुने विश्वास

    कार्तिक २५, २०७६
    बङ्गलादेशी राष्ट्रपति बिहीबार पोखरा आउदै, पर्यटन प्रवर्द्धन हुने विश्वास

    बङ्गलादेशी राष्ट्रपति बिहीबार पोखरा आउदै, पर्यटन प्रवर्द्धन हुने विश्वास

    कार्तिक २५, २०७६
    नारायणीमा नेपालकै सबैभन्दा लामो जलयात्रा शुरु

    नारायणीमा नेपालकै सबैभन्दा लामो जलयात्रा शुरु

    कार्तिक २५, २०७६
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    पोखरा र बाग्लुङमा सुन किन्ने भन्दा बेच्ने बढी
    आजको सुन चाँदी दरभाउ

    सुनको मूल्यमा लगातार गिरावट

    - रासस
    कार्तिक २५, २०७६
    रम्भापुरमा बस पल्टिँदा १७ जना घाइते
    समाचार

    पिकनिक जानेक्रममा बस दुर्घटना हुँदा १३ घाइते

    - रासस
    कार्तिक २५, २०७६
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    कार्तिक २५, २०७६
    बागलुङमा जीप दुर्घटना हुँदा १४ को मृत्यु, उद्धार कार्य जारी
    गण्डकी

    बागलुङमा जीप दुर्घटना हुँदा १४ को मृत्यु, उद्धार कार्य जारी

    - रासस
    कार्तिक २५, २०७६
    मुटु रोग पीडित पत्रकार रिजाललाई सहयोग
    कास्की

    बिच भलिबलमा दुवै नेपाली पुरुष टोली विजयी

    - पोखरा न्यूज
    कार्तिक २५, २०७६

    समाचार

    पोखरामा नियमविपरीत होटल सञ्चालन गर्ने एक महिला पक्राउ

    बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको अभियोगका फरार पक्राउ

    कार्तिक २५, २०७६
    महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

    महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

    कार्तिक २५, २०७६
    पोखरा १९ मा सडक कलोपत्र हुँदै

    दुलेगौडा–हर्कपुर मोटरमार्गमा कालोपत्रे शुरु

    कार्तिक २५, २०७६
    कपडा पसलमा आगलागी: ५ करोडको क्षति

    आगलागीबाट २६ लाख बराबरको क्षति

    कार्तिक २५, २०७६
    दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने

    गाउँमा बस पुग्दा खुशीयाली

    कार्तिक २५, २०७६
    शिरसुबाको छायांकन सम्पन्न

    शिरसुबाको छायांकन सम्पन्न

    कार्तिक २५, २०७६

    छुटाउनुभयो कि ?

    १३ औं साग : पोखरामा ४० करोडको कारोबार, डेढ अर्बको भौतिक संरचना
    १३ औं साग :

    १३ औं साग : पोखरामा ४० करोडको कारोबार, डेढ अर्बको भौतिक संरचना

    कार्तिक २५, २०७६
    हार लगत्तै महिला फुटबल टिमका प्रमुख प्रशिक्षक हरि खड्काको राजीनामा
    १३ औं साग :

    साग महिला फुटबलको स्वर्ण भारतलाई, नेपाल रजतमा सीमित

    कार्तिक २५, २०७६
    साग महिला फुटबलको उपाधिका लागि सोमबार नेपाल र भारत भिड्ने
    १३ औं साग :

    पोखरामा महिला फुटबलको फाइनलमा ४ हजार दर्शक मात्र प्रवेश गराउने तयारी

    कार्तिक २५, २०७६
    १३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक
    १३ औं साग :

    १३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक

    कार्तिक २५, २०७६

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    कार्तिक २५, २०७६
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    कार्तिक २५, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    कार्तिक २५, २०७६
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    कार्तिक २५, २०७६
    पछिल्लो न्यूज
    अघोरी बाबाकी नवपत्नी पाण्डे प्रहरी नियन्त्रणमा

    अघोरी बाबाकी नवपत्नी पाण्डे प्रहरी नियन्त्रणमा


    शिवालय चोक – ०८, पोखरा, नेपाल
    पोखरा न्यूज प्रा.लि.
    सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४

    समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४
    email: pokharanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४
    email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 718 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News