अघोरी बाबाकी नवपत्नी पाण्डे प्रहरी नियन्त्रणमा

पोखरा न्यूज- २५ कार्तिक । सामाजिक सञ्जालमा भाइरल अघोरी बाबाकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले समातेको छ । पाण्डेलाई ठगी आरोपमा नियन्त्रण लिइएको हो ।

प्रहरीका अनुसार “अघोरी बाबा” नामले भाइरल विजय केसीकी श्रीमती पाण्डेलाई वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो । एक महिलाले पाण्डेलाई अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोप  लागाए पछि प्रहरीले उनलाई समातेको हो ।

प्रहरीले पाण्डेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ । पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएसँगै अघोरी बाबा प्रहरीकोमा पुगेका थिए ।

अध्यावधिक गरिएको

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button