चीनको किन्डरगार्टेनमा रसायन आक्रमण, ५१ बालबालिका घाइते

पोखरा न्यूज- २६ कार्तिक ।  चीनको दक्षिण पश्चिम युनानमा रहेको एक किन्डरगार्टेनमा रसायन आक्रमण हुँदा ३ शिक्षकसहित ५१ बालबालिका घाइते भएका छन् ।

चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार कोङ्ग नाम गरेका २३ वर्षिय संदिग्धले काइयुआन सहरमा रहेको उक्त किन्डरगार्टेनमा चढेर प्रवेश गरी विद्यार्थी र शिक्षकले भरिभराउ कोठामा पोटास छ्यापेका थिए । घटनामा दुई जना गम्भीर घाइते भएको जनाइएको छ । प्रहरीले आरोपीलाई एक घण्टा पछि पक्राउ गरेको थियो । उनले समाजसँग बदला लिन आक्रमण गरेको बयान दिएका छन् ।

पछिल्लो समय चीनका विद्यालयमा हिंसाका घटनामा वृद्धि भएको छ । यसअघि सन् २०१८ को अक्टोबरमा एक महिलाले चोङ्गक्विङ सहरमा रहेको किन्डरगार्टेनमै १४ बालबालिका माथि चक्कु प्रहार गरेकी थिइन् भने अप्रिलमा एक २८ वर्षीय पुरुषले नौ विद्यार्थीको हत्या गरेका थिए । चीन मै २०१७ मा अर्का एक पुरुषले चक्कु आक्रमण गर्दा ११ किन्डरगार्टेनका विद्यार्थी घाइते भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button